बाटोमा मकै सुकाउँदै गर्दा सवारी दुर्घटना, लोस्पाको केन्द्रीय सदस्यको छोरा गम्भीर घाइते

दिपेन्द्र रजक, जेठ १५ गते । रौतहट ।
रौतहट जिल्लाको कटहरिया नगरपालिका अन्तर्गत वडा न १ मा बाटोमा मकै सुकाउँदै गर्दा भएको सवारी दुर्घटनामा एकजना गम्भीर घाइती भएका छन्।

लोस्पा नेपालको केन्द्रीय सदस्य तथा जमुनिया निवासी हृदय नारायण दासको करिब १८ वर्षको छोरा प्रिन्स कुमार दास बिहिबार बिहानको समयमा बागमती प्रदेश ०२०४५ प २२३० नम्बरको गाडी लिएर काठमाडौँ जाँदै गर्दा जमुनिया र भसेढवाको बीचमा रहेको पुलनिर किसान जादोलाल कुशवाहाले पुरै बाटोनै अबरुद्द गरेर मकै राखेर सुकाउँदै गर्दा गाडीको चक्का चिप्लिएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।

गाडी दुर्घटना हुँदा प्रिन्स कुमार दासको हात खुट्टा लगायत शरीरको विभिन्न भागमा चोटपटक लागेकोले उहाँलाई स्थानीयहरूले उद्धार गरी कनकपुरको एक निजी हस्पिटलमा पठाएको र अहिले उहाँको अवस्था सामान्य रहेको उहाँको ठूलोबाबा कटहरिया नगरपालिकाको मेयर प्रत्याशी राम प्रवेश दासले बताएका छन् !

अहिले सडकमा मकै वा अन्नपात सुकाउने प्रचलन ग्रामीण क्षेत्रमा बढ्दै गएपनि जनप्रतिनिधि र स्थानीय प्रहरी प्रशासन सडक बाट हटाउनको लागि कुनै किसिमको अनुगमन वा पहल नगरेको र यसप्रति जिल्ला प्रहरी कार्यालयहरुको ध्यानाकर्षण होस केन्द्रीय सदस्य हृदयनारायण दासले गुनासो गरेका छन् !

प्राय नगरपालिकाका जनप्रतिनिधिहरु मात्र बजेटको भागबण्डामा सीमित रहेको र प्रहरी प्रशासन मात्र पैसा असुली गरेर खुलेआम जुवा कौडा खेलाउने कार्यमा व्यस्त रहेको स्थानीयहरूले गुनासो गरेका छन्।

भर्खरै केही दिन अगाडि रौतहटको कटहरिया नगरपालिका वडा नं २ जमुनिया गाउँमै प्रहरी प्रशासन दिनकै दिन पैसा असुली गरेर जुवा कौडा खेल खेलाउँदै भन्ने समाचारहरु र भिडियोहरु विभिन्न मिडियाहरूमा सार्वजनिक भएको थियो।

पहिला पहिला प्राय ठाउँ ठाउँहरूमा पिच ढलान नहुँदा जनताहरूले जनप्रतिनिधि र नेताहरू माथि गुनासो गर्थ्यो, तर आज ठाउँ ठाउँमा पिच ढलान बाटोघाटोको विकास हुँदा बाटोमै अन्नपातहरू सुकाउने सबै काम बाटोमै गर्ने चलन बढ्दै गएको देखिन्छ। यो दुर्घटना मात्र एउटा उदाहरण हो।

बीच बाटोमै मकै र अन्नपातहरू सुकाउँदै गर्दा यस्ता यस्ता दुर्घटना प्राय अहिले मधेस प्रदेशको सबै जिल्ला र पालिकाहरुमा हुँदै गएकोले यसप्रति स्थानीय सरकार प्रदेश सरकार र केन्द्रीय सरकारको ध्यान जान जरुरी रहेको जानकारहरूले बताएका छन् !

बीच बाटोमै मकै राखेर सुकाउनु सार्वजनिक सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण कार्य हो। यसबारे निगरानी र कारबाहीको मुख्य जिम्मेवारी स्थानीय तह र प्रहरी प्रशासनको हो। साथै किसानहरूले पनि यसबारे सचेत र जिम्मेवार बन्नु जरुरी छ।