कटहरियामा खानेपानी उपभोक्ता समितीको लापरवाहीले गर्दा ग्राहकहरु शुद्ध पानी पिउनबाट बञ्चित

रबिन्द्र प्रजापति, जेठ १६ गते । रौतहट ।

रौतहटको कटहरियामा रहेको कटहरिया खानेपानी उपभोक्ता समितीको लापरवाहीले गर्दा ग्राहकहरु शुद्ध पानी पिउन बाट बञ्चित भएका छन । गएको बुधबार राती देखी पानी ट्यांकीबाट पानी नआउदा ग्राहकहरु मारमा परेको छ ।

कटहरिया बजारमा शुद्ध खानेपानीको लागि पानी ट्यांकी निर्माण हुदा यहाका जनताहरु निकै खुशी भएका थिए तर उपभोक्ता समितीको चरम लापरवाहीले गर्दा राम्रो संग शुद्धपानी खान्नबाट गा्रहकहरु बञ्चित भई नै रहन्छ भनेर गुनासो स्थानीयहरुले गर्न थालेको छ ।

यस्तो प्रचण्ड गर्मीमा तिन दिन देखि खानेपानीको अभावमा स्थानीयहरु छन । कटहरियामा खानेपानी संचालनमा आए पनि समय समयमा मर्मत सभार नहुदा प्रत्यक महिनैपिछे पानीनै नआउने गरेको स्थानिय गा्रहकहरुले बताएका छन ।

शुद्ध खानेपानीको आशमा याहाँका स्थानियहरुले अ—आफना घरहरुमा हैण्ड पाईप नै जडान गराउन छाडेको र अहिले यस्तो समस्या आउदा शुद्ध पानीको लागि पसलहरुबाट बोतलको पानी खरिद गरी पिउनु पर्ने बाध्यता भएको एक जना ब्यपारी बताउनु भयो ।

शुद्ध पानीको अभावले पानी नपिउदा स्वास्थ्यमा समेत गडबडी भईरहेको भन्दै खानेपानीको समस्यालाई चाडै समाधान गर्न सम्बन्धीत निकायलाई ध्यान आर्कषण हुनु पर्ने र चाडै धारामा पानी दिन स्थानिय गा्रहकहरुले आग्रह गरेका छन

खानेपानीमा महिनै पिछे यस्तो समस्या पटक —पटक आईरहेको भन्दै यसको लागि ठोस कार्य अगाडी बढाउनु पर्ने समितीलाई ग्राहकहरुले समेत आग्रह गरेका छन ।

जिल्लाकै चर्चित बजारको रुपमा रहेको कटहरियामा खानेपानीको अवस्था यस्तो हुनु दुःखत रहेको स्थानियहरुको भनाई रहेको छ । यस्तो प्रचण्ड गर्मीमा धारामा पानी नआएपछि ग्राहकहरु निकै मारमा परेको छ । खानेपानी उपभोक्ता समितीका अध्यक्षले पनि समयमा चासो नलिदा यस्तो अवस्था पटक पटक आएको स्थानीयहरुले जनाएको छ ।