कटहरिया नगरपालिकाद्वारा किसानलाई बिउ वितरण

रबिन्द्र प्रजापति , जेठ २० गते । रौतहट ।
रौतहटको कटहरिया नगरपालिकाले किसानहरुलाई धानको बिउ वितरण गरिएको छ । कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवालको उपस्थितिमा आज मसिना तथा वास्नादार धान प्रवर्धन कार्यक्रमका बिच किसानहरुलाई निशुल्क धानको बिउ वितरण गरिएको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवालले जानाकरी दिनु भयो ।

कृषि शाखाको आयोजनामा नगर प्रमुख जैसवालले किसानहरुलाई धानको बिउ वितरण गरिएको जनाएको छ । कृषि उत्पादन वृद्धिको उद्देश्यका साथ किसानहरूलाई बिउ वितरण गरिएको हो ।

नगर प्रमुख जैसवालले दिएको जानकारीका अनुसार कटहरिया नगरपालिका वडा नम्बर १ देखि ९ सम्मका २ सय किसानलाई धानको बिउ वितरण गरिएको छ ।

कृषिप्रति आश्रित किसानहरूको समस्यालाई ध्यानमा राख्दै धानको बिउ वितरण गरिएको हो, यसले किसानलाई सहयोग पुग्ने विश्वास लिएको छु ‘ नगर प्रमुख जैसवालले भने” ।

बिउ वितरण कार्यक्रममा उप प्रमुख रिता देवी यादव, वडा अध्यक्ष, कार्यपालिका सदस्य स्थानीय भद्रभलादमी बुद्धिजीवी सहित पत्रकारको उल्लेखनीय उपस्थिति रहेको थियो ।