
गुण्डाशैलीमा विद्यार्थीहरुलाई त्रशाउदै विद्यालयमा प्रवेश गरेकोप्रति शिक्षिका ज्ञामीको आपत्ति
रबिन्द्र प्रजपाति, जेठ २५ गते । रौतहट ।
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ५ कटहरियास्थित रहेको श्री जनता माध्यमिक विद्यालयमा आईतबार एक कार्यक्रमका बिच विद्यालय व्यवस्थापन समितिका अध्यक्षमा सोनु यादव चयन भएको छ ।
स्वागत कार्यक्रममा स्वागत मन्तव्य राख्दै बिना ज्ञामीले विद्यार्थीहरुलाई त्रशाउने शैलीमा वहाँका समर्थकहरु मोटरसाइकल र्याली गर्दै आएको प्रति आपत्ति जनाउनु भयो ।
पठनपाठन भइरहेको समयमा कटहरियाको श्री जनता माध्यमिक विद्यालयमा करिब २ दर्जन मोटरसाइकल लिएर यूवकहरुलव पुगेका थिए । मोटरसाइकल लिएर युवकहरु स्कूलमा पुग्दा पठनपाठन गरिरहेको विद्यार्थीहरु त्रशित भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोनु यादव सहित वर्तमान मेयर अजय प्रकाश जैसवाल सहित उनका समर्थकहरुले गुण्डाशैलीमा विद्यार्थीहरुलाई त्रशाउदै स्कूलमा प्रवेश गरेको शिक्षिका बिना ज्ञामीले उल्लेख गर्दै आपत्ति जनाएकी छिन ।
विद्यालयमा आउनु तपाईहरुलाई स्वागत छ तर तरीका अलि फरक गरेर आनका लागी शिक्षिका ज्ञामीले सुझाव समेत दिइन् । स्वागत कार्यक्रममा वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य प्रहरी प्रशासनको उपस्थिति थिएन् ।