
रौहतटका १८ स्थानीय तहमध्ये १३ वटा पालिकाले ल्यायो बजेट
रबिन्द्र प्रजापति, असार ११ गते । रौतहट ।
रौतहटस्थित १६ नगरपालिका र दुई गाउँपालिका गरी १८ स्थानीय तहमध्ये १३ वटा पालिकाले बजेट ल्याएको छ । असार १० गते अर्थात् नेपाल सरकारद्वारा निर्धारण गरिएको तिथि भित्रै बजेट ल्याएको छ ।
असार १० गतेभित्र नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानूनी व्यवस्थाअनुसार रौतहटका १३ नगरपालिकाले बजेट सार्वजनिक गर्न लागेका हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकार वित्त व्यवस्थापन ऐनमा भएको व्यवस्थाअनुसार हरेक वर्ष असार १० गतेभित्र पालिकाहरुले आर्थिक वर्षको राजस्व र व्यय (बजेट)को अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेश गर्नुपर्छ ।
सोही अनुसार असार १० गते मंगलबारसम्म रौतहटको १३ वटा पालिकाले बजेट ल्याएको छ भने दुई गाउँपालिकासहित ३ वटा नगरपालिकाले बजेट ल्याउन सकेको छैन ।
हालसम्म बजेट ल्याउने पालिकाहरुमा राजपुर, कटहरिया, राजदेवी, माधव नारायण्, गरुडा, बौधीमाइ, गढिमाइ, ईशनाथ, चन्द्रपुर, गौर, मौलापुर, परोहा, र गुजरा नगरपालिका रहेको छ । वृन्दावन नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, र दुर्गा भगवती गाउँपालिका, यमुनामाई गाउँपालिकाले अझै बजेट ल्याउन सकेको छैन ।
आर्थिक वर्ष २०८२÷८३ का लागि राजपुर नगरपालिकाले ५७ करोड ५३ लाख ७८ हजार रुपैयाँ, कटहरिया नगरपालिकाले ५४ करोड २५ लाख ५२ हजार ४ सय ७५ रुपैयाँ, गरुडा नगरपालिकाले ६९ करोड २६ लाख १७ हजार ३ सय ६७ रुपैयाँ माधवनारायण नगरपालिकाले ५३ करोड ३५ लाख ८९ हजारको बजेट प्रस्तुत गरेका हुन ।
त्यस्तै, राजदेवी नगरपालिकाले ५६ करोड ८५ लाख २१ हजार २ सय १२ रुपैयाँ, बौधीमाइ नगरपालिकाले ४३ करोड ९० लाख ७६ हजार ९ सय ९ रुपैयाँ, ईशनाथ नगरपालिकाले बजेट ४९ करोड ६४ लाख ५२ हजार ४ सय ५७ रुपैयाँ, गढीमाई नगरपालिकाले ४९ करोड ६५ लाख ५२ हजार चार सय ९७ रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो ।
असार १० गते आर्थिक वर्ष ०८२–०८३ का लागि नीति तथा कार्यक्रम मार्फत चन्द्रपुर नगरपालिकाले कुल १ अर्ब २१ करोड ५९ लाख ५१ हजार ६ सय ४० रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ भन्ने, गौर नगरपालिकाले ६१ करोड १५ लाख ९७ हजार २६१ रुपैयाँ, गुजरा नगरपालिकाले ५० करोड ४ लाख १८ हजार ३ सय ६० रुपैयाँ, मौलापुर नगरपालिकाले ३९ करोड ५० लाख र परोहा नगरपालिकाले ५३ करोड ६७ लाख ८२ हजार ६४ रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेका छन् ।