गौरबाट लागु औषध सहित एक जना युवक पक्राउ

रबिन्द्र प्रजापति, असार ११ गते । रौतहट । 
रौतहट प्रहरीले ठूलो परिमाणमा लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । रौतहट प्रहरीले जिल्लाको सदरमुकाम गौरबाट लागु औषध सहित एक जना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–४ का हर्क बहादुर विकको २७ बर्षीय छोरा अजय विक रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । विकलाई गौर नगरपालिका वडा नम्बर ३ मधेसी क्रान्ति (विपी) चौकमा चेकजाँचको क्रम लुकाईछिपाई लगि रहेको अवस्था लागूऔषध सहित पक्राउ थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक कुमार रायले दिएको जानकारी अनुसार, सिमावर्ती भारतीय बजार बैरगनिया बजारबाट खरिद गरि गौरको विपि चौक भएर बसपार्क तर्फ जाँदै गरेको ना। १ ह। ७८९३ नम्वरको इ रिक्सालाई रोकेर चेकजाँच गर्दा ठूलो परिमाणमा लागूऔषध सहित विकलाई पक्राउ गरेको हो ।

विकले लुकाईछिपाइ खडिब्बा भित्र फेनारगन इन्जेक्सन ११० एम्पुल, बुपरेर्नोफिन इन्जेक्सन ११० एम्पुल, सेरेजैक डाइजेपाम इन्जेक्सन ६४ एम्पुल, डाइजेपाम इन्जेक्सन ४६ एम्पुल गरेर ३३० थान प्रतिबन्धित इन्जेक्सन विकको साथबाट बरामद भएको डिएसपी रायले बताउनु भयो ।

प्रहरीले लागुऔषध सहित पक्राउ गरेको युवक विकलाई रौतहट जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको डिएसपी रायले जानकारी दिनु भयो ।