सडक ढलानमा कतै अनियमितता नभएको प्रत्याशी यादवको भनाई

रबिन्द्र प्रजापति, असार ११ गते । रौतहट ।  

केही व्यक्तिहरुले गरेको आलोचनालाई वडा अध्यक्षले खण्डन गरेका छन । रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ५ पिपरा टिकुलिया भएको सडक ढलानमा कतै अनियमितता नभएको वडा अध्यक्ष प्रत्याशी भोला राय यादवले प्रष्ट गरेका छन ।

प्रत्यसी यादवको पहलमा भौतिक पूर्वाधार विकास कार्यालय गौरबाट विनियोजित २५ लाख रुपैयाँको योजना उपभोक्ता समितिमार्फत सञ्चालन गरिएको थियो ।  उक्त काम केही विपक्षीहरु आफ्नो मानिस लगाएर भिडियो बनाई मानिसलाई भ्रमित पारेको कुरा समेत बाहिर आएको छ ।

स्थानीयहरुले दिएको जानकारी अनुसार यो सडक ढलान गुणस्तरहिन नभई गुणस्तरीय रहेको बताउँनु भयो । सडक ढलानको काममा कुनै प्रकारको भ्रष्टाचार नभएको स्थानीय मिश्रीलाल साहले बताउँनु भयो ।

गुणस्तरीय कामलाई गुणस्तरहिन काममा परिन्त गर्ने विपक्षीहरुले मात्र विभिन्न आरोप लाएको स्थानीयहरुले बताए । नेपाली कांग्रेसका नेता तथा वडा अध्यक्ष प्रत्यसी भोला राय यादवले गरेको कार्यको सराहना उक्त स्थानका स्थानीयहरुले गरिरहेको छ ।