
आजपा निकटको आम साँस्कृतिक मोर्चाको मधेश प्रदेशको प्रथम भेला सम्पन्न
असार १२ गते । रौतहट ।
आम जनता पार्टी (आजपा) निकटको आम साँस्कृतिक मोर्चाको मधेश प्रदेशको प्रथम भेला आम प्रगतिवादी सांस्कृतिकर्मीहरु एक होऔं नाराको साथ सोमबार रौतहट जिल्लाको मौलापुर पार्कको सभा हलमा मधेश प्रदेशको अध्यक्ष दिपलाल यादव अध्यक्षतामा सम्पन्न।
आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलामा मधेश प्रदेशका रौतहट, बारा, पर्शा, सर्लाही, महोतरी , धनुषा, सिरहा , सप्तरी लगायतका मधेश प्रदेशका जिल्लाका सयौ कलाकारहरुको सहभागिता रहेको थियो ।
अध्यक्ष साहले भने मधेश प्रदेश भेलाले आम प्रगतिशील सांस्कृतिकर्मीहरुलाई एकजुट भएर आफ्नो हकअधिकारका लागि संघर्षमा उत्रिन आह्वान समेत गरेको अध्यक्ष प्रभु साहले बताए ।
आम कलाकर्मीहरुलाई पेन्सन र बिमाको व्यवस्थाका लागि संघर्ष गर्ने, कलाकर्मीको वर्गीकरण गरेर राज्यबाट योग्यता अनुसारको सुविधा दिलाउँन भेलाले जोड दिनु भएको छ। यस्तै आम सांस्कृति मोर्चाका केन्द्रित इन्चार्ज विजय यादव निर्विजले भने कलकारमा पनि सिन्डिकेट लगाएका हुन्।
आम सांस्कृतिकर्मीको सुरक्षा, समृद्धि र सम्मानका लागि देशभर संगठन विस्तार तथा आफ्ना मागहरुलाई राज्यबाट सम्बोधन गराउँनका लागि संघर्षका कार्यक्रमहरु अभियानको रुपमा अगाडी बढाउँने कार्यक्रम मार्फत आग्रह गरे।
। यस्तै देशैभरीबाट प्रस्तावित फिल्मसिटीहरुको निर्माणको काम अगाडी बढाउँ सरकारसंग माग गर्दै प्रत्येक जिल्लाहरुमा सुविधा सम्पन्न नाटकघर निर्माणका लागि पहल गर्ने निर्णय समेत भेलाले गरेको इन्चार्ज यादवले भने।

आम सांस्कृतिक मोर्चाका केन्द्रिय अध्यक्ष सरिता साहले कलकार प्रती मधेश सरकारले कुनै वस्ता गरिएको देखिएन अयोग्य व्यक्तिलाई गृह तथा सञ्चार मन्त्री राजकुमार लेखीले आफ्नो भाईलाई चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्ति गरिएकोमा घोर आपत्ति जनाएका छिन। उक्त भेलाले रौतहटको जिल्ला अध्यक्षमा नवीन पटेल चयन गरिएको छ।
उक्त अवसरमा मौलापुर नगरपलिकाकी मेयर रिना कुमारी साह, कलाकारहरु राजु राग्नी, नवीन पटेल, दिनेश यादव लगायतका विभिन्न तहका कलाकारहरुको उल्लेखनीय उपस्थिति रहेको युवा गायक जितेन्द्र प्रजापतिले बताए।
