
रौतहटमा छुरा प्रहारबाट एक जना गम्भीर घाइते
रबिन्द्र प्रजापति, असार १२ गते । रौतहट ।
रौतहटमा छुरा प्रहारबाट एक जना घाइते भएको छ । जिल्लाको मौलापुर नगरपालिका- १ मर्यादपुरमा छुरा प्रहार हुँदा एक जना घाईते भएको ईलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ ।
प्रहरीले दिएको जानजारी अनुसार विहीबार बिहान करिब ६ बजेको समयमा उक्त घटना भएको छ। फतुवा बिजयपुर नगरपालिका- २ सितलपुर निवासी रुदल राय यादवको छोरा अन्दाजी ३० वर्षीय सुजित राय यादवले मर्यादपुर निवासी मोहन राय यादवका करिब ३० वर्षीय छोरा राम बहादुर राय यादवमाथी छुरा प्रहार गरेको थियो
छुरा प्रहारबाट राम बहादुर गम्भीर घाइते भएको प्रहरीले जानकारी दिनु भयो । मर्यादपुर चौकमा कामको विषयमा दुवै जना बीच सामान्य विवाद भएको थियो । त्यसकै क्रममा रुदलले बहादुरमाथि छुरा प्रहार गरेको हो ।
घाइते राम बहादुरलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ । छुरा प्रहार गर्ने यादवलाई ईलाका प्रहरी कार्यालय मौलापुरले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।