गरुडास्थित विर्तामा भाग्यमेनी हेल्थ केयर होस्पिटल प्रा.लि. सचालनमा, मेयर कन्थमणीद्वारा उदघाटन

रबिन्द्र प्रजपाति, असार १२ गते । रौतहट । 
रौतहटमा भाग्यमेनी हेल्थ केयर होस्पिटल प्रा.लि. संचालनमा आएको छ । जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ८ विर्तामा विहीबार देखि भाग्यमेनी हेल्थ केयर होस्पिटल प्रा.लि संचालनमा आएको छ । चौतर्फी आफ्नो रेकर्ड कामय गरेका एमबीबीएस डाक्टर संतोश यादवले आजदेखि कानुनी प्रक्रिया पुरा गरी होस्पिटल संचालनमा ल्याउन सफल भएका हुन ।

भाग्यमेनी हेल्थ केयर होस्पिटल प्रा.लि. लाई विहीबार गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी प्रसाद कलवारले उदघाटन गरेका छन । एमबीबीएस डाक्टर यादवले गरेको आमन्त्रितलाई स्वईकार्दै मेयर कलवारले भाग्यमेनी हेल्थ केयर होस्पिटल प्रा.लि. लाई उदघाटन गरेका हुन । विधिवत रुपमा आज उक्त होस्पिटलको उदघाटन गरिएको डाक्टर संतोष यादवले जानकारी दिनु भयो ।

नगर प्रमुख कन्थमणी प्रसाद कलवारले रेब्बेन काटी दीप प्रज्वलन गरेर उदघाटन गरेका छन । उक्त उदघाटन समारोह कार्यक्रममा समाजसेवी, नेता, कार्यकर्ता, सुरक्षाकर्मी, पत्रकार, स्थानीय भद्रभलादमी वुद्धिजिवीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । उक्त होस्पिटल सुविधा सम्पन्न रहेको समेत बुझिएको छ ।

उक्त होस्पिटल प्रा.लि. उदघाटन समारोहमा नगर प्रमुख कलवारले आफ्नो स्वास्थ्य परिक्षण गराउदै , नगर प्रमुख कलवारले भाग्यनेमी हेल्थ केयर होस्पिटल प्रा.लि. लाई सहयोग गर्न गरुडा नगरपालिका सदैव तयार रहने प्रतिबद्धता जनाउनु भयो ।

कुनै किसिमको सहयोग गरुडा नगरपालिका सहयोग गर्न तयार रहेको बताउनु भयो । एमबीबीएस डाक्टर संतोष यादव र उनका श्रीमती एमबीबीएस डाक्टर ईन्दु यादवको कार्य प्रति मेयर कलवारले खुलेर प्रशंसा गरेको थियो ।

होस्पिटल संचालक यादवले मुख स्वस्थ सम्बन्धि जनचेतना जागरण गर्न र उपचारमा सबैको पहुँच स्थापित गर्न सामान्य शुल्कमा आधुनिक उपकरणहरु प्रयोग गरी एउटै छानामुनि विशेषज्ञ चिकित्सकद्वारा गुणस्तरीय उपचार प्रदान गर्न उदेश्यसहित होस्पिटल विस्तार गरिएको बताए।

आचार्यद्वारा विधिवत रुपमा पूजा आजा गरि उक्त होस्पिटललाई संचालनमा ल्याएको छ । डाक्टर संतोष यादव कटहरिया नगरपालिका वडा नम्बर १ भसेडवाका बासी हुन । उनी दसकौ देखि डाक्टरको भुमिका निर्वाह गर्दै आएका हुन । उनी कयौं सरकारी होस्पिटलबाट उत्कृष्ट समेत भएका हुन । वहाँको नाम रौतहट जिल्ला मात्र नभई कौयो जिल्लाबाट नाम कामायका हुन ।