रौतहट प्रहरीद्धारा स्रोत नखुलेको १० लाख नगदसहित गौरका एक जना पक्राउ

रबिन्द्र प्रजापति, असार १२ गते । रौतहट ।  
रौतहट प्रहरीले स्रोत नखुलेको १० लाख भन्दा बढी रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार श्रोत न खुलेको १० लाख भन्दा बढी रुपैयाँसहितल गौरका एक जनालाई नियन्त्रणमा लिइएको छ ।

प्क्राउ पर्नेमा रौतहटको गौर नगरपालिका वडा नम्बर १ ट्रान्सर्फमर चौक बस्ने एजाजुल मियाको ३० वर्षीय छोरा मोहम्मद करमान अली रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक कुमार रायले जानकारी दिए ।

डिएसपी रायका अनुसार पक्राउ परेका अलीको साथबाट बिआर ०५ एई ६७०५ नम्बरको भारतीय नम्बर भएको मोटरसाईकललाई चेकजाँच गर्दा हजार,पाँच सय, सय र पचास दरको नोट गरि १० लाख ४ हजार ५ सय नेपाली रुपैयाँ बरामद भएको हो ।

बरामद भएको १० लाख ४ हजार ५ सय र करिब १ लाख पचास हजार बराबको मोटरसाईकल सहित पक्राउ परेका करमान अलीलाई आवश्यक कार्यवाहीको लागि गौर भंसार कार्यालयमा बुझाईएको र थप अनुसंधान भईरहेको डिएसपी रायले जानकारी दिनु भयो ।