
कटहरियामा आफ्नो देशको झण्डा बोकेर मुस्लिम समुदायले मनाईयो दाहा
रबिन्द्र प्रजापति, असार २३ गते । रौतहट ।
इस्लाम धर्मावलम्बीको तेस्रो महान पर्व मोहरमको अवसरमा ताजिया (दाहा) पर्व रौतहट कटहरियामा मुस्लिमले आज (सोमबार) मनाईएको छ । जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ५ पानी टंकी अगाडी सोमबार उनिहरुले एकआपसमा लाठी, भाला, फरसा, तलवार तथा झर्नी खेल्दै मोहरम पर्व हर्षोल्लासका साथ मनाएका हुन ।
कटहरियामा आसपास क्षेत्रका दाहा पानी टंकी आगाडी जम्मा भएको थियो । मुस्लिम समुदायहरुले आफ्नो देशको झण्डा बोकेर जुलुस निकालिएको थियो । ताहिया दाहा देशको झण्डा निक्लेपछि स्थानीयहरुले निकै खुशी समेत भएको देखिएको थियो ।
रौतहटसहित तराई मधेशको विभिन्न गाउँगाउँमा आईतबारनै मुस्लिम समुदायहरुले दाहा पर्व मनाइएको छ भने सोमबार पनि जिल्लाको विभिन्न गाउँगाउँमा दाहा मनाइएको छ ।
ताजिया दाहा पर्वमा ईलाका प्रहरी कार्यालय कटहरियाका वरिष्ठ सई बिनोध राना मगरको टोलीसहित अस्थाई प्रहरी पोस्ट छोदी चौकका टोलीले सुरक्षा समेत दिएको थियो ।विशेषगरी मुस्लिमहरुको बसोबास रहेको जिल्लाका बिभिन्न पालिकाहरुमा दाहा मेलाको आयोजना आईतबार र सोमबार गरिएको हो ।
कतिपय गाउँमा खेलाडीहरु बिच लठ्ठी लडाएर प्रतियोगिताको आयोजना गरिएका थिए । मुस्लिम समुदायको पर्व भएकाले युवाले समूह–समूहमा भेला भई आफ्नो कलाकौशलसहितको झर्नी खेल खेलेको र दाहा मेलामा मनोरञ्जनात्मक कला प्रदर्शन गर्दै शान्तिपूर्ण तरिकाले सम्पन्न गरेको हो ।
उनीहरुले झर्नी खेलेर मनोरञ्जन गराएबापत स्थानीवासीले केही दक्षिणा पनि दिएका थिए । तीन चार दिनअघिदेखि मोहरमको चहलपहल सुरु भएकोमा कटहरियाका मुस्लिमले मोहरम (दाहा) सम्पन्न गरेका हुन् । यसवर्षको मेलामा शान्तिपूर्ण तरिकाले सम्पन्न भएको ईलाका प्रहरी कार्यालय कटहरियाका वरिष्ठ सई बिनोध राना मगरले जानकारी दिए ।
आईतबार र सोमबार रौतहट लगायतका जिल्लामा मुस्लिम समुदायले ‘दाहा’ प्रदर्शन गर्दै मेलाको आयोजना गरेका थिए। दाहा मेलामा युवाहरूले ताजिया, ढोल बाजा मार्फत इमाम हुसैनको शहादतको सम्झना गरेका थिए ।
ताजिया दाहा मेलाको अवसरमा सोमबार मेलामा बालबालिका, महिला र वृद्धहरूको समेत उल्लेखनीय सहभागिता रहेको देखिइएको थियो । स्थानीय सुरक्षा निकाय र समाजसेवीहरूको सहकार्यमा मेलाहरू शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। मोहर्रमको यो अवसरले धार्मिक सहिष्णुता र सामाजिक एकता प्रवर्द्धन गरेको स्थानीय नागरिकहरूको भनाइ छ ।