
श्रावण सोमबारी शुरु, रौतहटको शिवनगर मन्दिरमा श्रद्धालु भक्तजनको भीड
रबिन्द्र प्रजापति, असार ३० गते । रौतहट ।
हिन्दू धर्मावलम्बीहरूका लागि अत्यन्तै पवित्र मानिने श्रावण महिनाको सोमबारी आज देखि शुरु भएको छ । सोमवारी शुरु भएपछि विशेष धार्मिक उल्लासका साथ मनाइादैछ ।
आज श्रावणको पहिलो सोमबार रौतहटको पर्यटकीय तथा धार्मिक स्थल शिवनगरधाम महादेव मन्दिरमा बिहानै देखि भक्तजनहरुको भिड लागेको छ ।
रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ५ मा अवस्थित प्रसिद्ध महादेव मन्दिरमा बिहानैदेखि पूजा-अर्चना गर्न श्रद्धालु भक्तजन, विशेषगरी महिलाहरूको घुइाचो लागेको छ ।
विशेष गरी व्रत बस्ने तथा मनोकामना पूरा हुने विश्वासका साथ महिलाहरू महादेव मन्दिरमा जल चढाउन, बेलपत्र अर्पण गर्न र पूजापाठ गर्न आएका छन् । बिहान सबेरैदेखि लामबद्ध भएर महिलाहरू ‘बोल बम’, ‘जय शम्भो’ आदि उद्घोष गर्दै शिव पूजनमा तल्लीन देखिएको छ।
सावन महिनाको प्रत्येक सोमबार विशेष गरी अविवाहित युवतीहरू आ नो मनोकामना पूर्ण होस् भनेर शिवलाई प्रसन्न पार्न उपवास बस्ने प्रचलन छ । गरुडा नगरपालिका-५ का वडा अध्यक्ष रामबिनोद जयसवालले मन्दिरमा
सोमबारीको दिन देखिने भक्तजनहरूको भिड धार्मिक पर्यटनको एक आकर्षक पक्ष भएको बताए। उनका अनुसार, “सावन महिनाको सोमबार विशेष गरिन्छ । यहााको महादेव मन्दिरमा रौतहट लगायत अन्य जिल्लाबाट समेत श्रद्धालुहरू आउने गरेका छन्।
नगर पालिकाले मन्दिर वरपरको सरसफाइ, भीड व्यवस्थापन र सुरक्षाको लागि आवश्यक प्रबन्ध मिलाएको छ।” बडा अध्यक्ष जयसवालले मन्दिर क्षेत्रलाई थप व्यवस्थित बनाउन तथा धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए।
उनका अनुसार, मन्दिरको सौन्दर्यकरण र पूर्वाधार विकासका योजना आगामी बजेटमा समेटिने छन् । सावनको सोमबारीले शिव भक्तिमा रंगिएको गरूडा शिवनगर क्षेत्रले धार्मिक र सांस्कृतिक चेतनाको अभिव्यक्ति दिएको छ। सावन महिनाभर सोमबारी अनुष्ठान जारी रहनेछ। यहा प्रत्येक आईतवार श्रद्धालु भत्तजनहरू आउने गर्दछन् ।