प्रहरीद्वारा रौतहट गौरबाट ठूलो परिमाणमा लागुऔषध सहित दुई जना पक्राउ

रौतहट, १ साउन । ठूलो परिमाणमा प्रतिबन्धीत लागुऔषध सहित दुई जना युवकलाई रौतहट प्रहरीले गौरबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा, बुधवार राति ९ बजेको सयमा गौर नगरपालिका–१ स्थित शुभम होटल अगाडी लागुऔषध नियन्त्रण व्यरो वीरगञ्ज र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोलीले बीआर ०५यु ५८६० नम्वरको भारतीय मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा ठूलो परिमाणमा प्रतिबन्धीत लागु औषध सहित पक्राउ गरिएको हो ।
राजदेवी नगरपालिका–८ लक्ष्मिपुर गाउँका विश्वनाथ पंडीतको २३ बर्षीय छोरा नितेशकुमार पंडित र सोही स्थानका ३२ बर्षीय पिन्टुकुमार यादवलाई पक्राउ गरिएको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपककुमार रायले पक्राउ परेका दुबै जनाले बोकेको झोलाबाट नाइट्राभेट–१० लेखिएको १२० पत्तामा १८०० ट्याब्लेट्स, नेटजेकेयर– लेखिएका ९० पत्तामा ९०० पिस, नेटजेकेयर–१० लेखिएका ३० पत्तामा ३०० (सानो) ट्याब्लेट, डाइजेपाम ३०० एमपुल, बुपरेनोरफिन ३०० एम्पुल, फेनारगन ३०० एम्पुल सहित दुई थान मोवाइल समेत बरामद गरिएको डिएसपी रायले बताए ।
प्रतिबन्धीत लागुऔषध सहित पक्राउ परेका दुबै जना विरुद्ध लागुऔषध ओसार पसार कसुर अन्तर्गत रौतहट जिल्ला अदालतबाट म्याद लिएर आवश्यक अनुसन्धान भईरहेको जानकारी उलने दिए ।