रौतहट उद्योग वाणिज्य संघको पदाधिकारी छनौटका लागि मतदान जारी

रौतहट, ३ साउन । रौतहट उद्योग वाणिज्य संघको पदाधिकारी चयनका लागि मतदान जारी रहेका छन् ।
रौतहट उद्योग वाणिज्य संघमा मतदाता संख्याको दृष्टिकोर्ण बाट मतदान गर्न आउने मतदाताको संख्यामा निकै कमी देखिएका हुन् । मतदातामा संघको प्रति खासै रुची एवं उत्साह नदेखिदा मतदान गर्नेहरुको संख्यामा निकै कमि आएको बुझिएको छ ।
गौरमा २२२४ साधारण, २६२ आजिवन, गरुडामा ७६४ साधारण र २२२ आजिवन सदस्यहरु रहेको बताइएको छ । चन्द्रपुरबाट मतदान गर्न कुनैपनि मतदाताहरु नआएको श्रोतबाट बुझियो ।
गौर गरुडा गरेर ३४७२ मतदाता भएपनि समाचार तयारपारुन्जेल सम्म ६९४ मतपत्र मात्रै खसेका थिए । विहान ९ बजे देखि ५ बजे सम्म मतदानको अवधी हुँदा पनि मतदाताहरुमा खासै उत्साह नदेखिएको हुँदा मतदान सम्पन्न हुन ३० मिनेट समय बाँकी रहदा सम्मको अवस्था यस्तो रहेको प्रमुख निर्वाचन संयोजक वृजकिशोर यादवले जानकारी दिए ।
लगभग २० प्रतिशतको हारीहारीमा मतदान हुँदा मतदातामा उत्साह नदेखिएको तथा विगतमा पदाधिकारीहरु बीचका तनावले गर्दा मतदान गर्नेहरुको संख्ष्यामा निकै कमी आएको निष्कर्ष रहेको छ ।