
गौर चन्द्रपुर सडक खण्डको इद्रिश गेट नजिक बस–स्कारपियो ठोक्किदा ठूलो दुर्घटना हुनबाट जोगियो
रौतहट, २८ साउन । गौर चन्द्रपुर सडक खण्डको इद्रिश गेट नजिक बस–स्कारपियो एक आपसमा ठोक्किदा ठूलो दुर्घटना हुनबाट जोगिएका छन् ।
गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत पर्ने यमुनामाई गाउँपालिका–५ स्थित इद्रिश गेट नजिकै गौरबाट उत्तर तर्फ जाँदै गरेका प्रदेश २–०३–००१व–६०४१ नम्वरको स्कारपियो र चन्द्रपुरबाट गौर तर्फ आउदै गरेका ना. ४ ख. ५३१८ नम्वरको बस एक आसपमा बुधवार दिउसो १ बजेको समयमा ठोक्किएर दुर्घटना भएका हुन् ।
चालकको सुझबुझका कारण ठूलो मानविय क्षति हुनबाट जोगिएको छ । उक्त दुर्घटनामा बस र स्कारपियोमा सबार व्यक्तिलाई केही नभएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बस र स्कारपियोमा क्षति भएको जानकारी दिदै ट्राफिक प्रहरी कार्यालय गौरका सई सुबोध सिंहले सडक भन्दा तल खाल्टोमा बस आधा खसेको र स्कारपियो सडकमै रहेको बताए । स्कारपियो अस्थायी प्रहरी चौकी बम नहरको जिम्मामा रहेको तथा प्रहरीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको समेत सई सिंहले तराई टप लाई जानकारी दिए ।