
रौतहटको देवाही गोनाहीमा कृष्ण जन्मअष्टमी मेलामा झडपः नगर प्रमुख, सहित पाँच प्रहरी जना घाइते, तीन पक्राउ
रौतहट, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिकाको धरहरीमा शनिबार आयोजित कृष्ण जन्मअष्टमी मेलाको उदघाटन कार्यक्रममा विवाद उत्पन्न भई भएको झड्पमा परेर पाँच जना घाइते भएका छन् ।
मेला उदघाटन गर्न रिबन काट्ने विषयलाई लिएर उत्पन्न विवाद पछि हिंसात्मक झडपमा परिणत परेर देवाही गोनाही नगरपालिकाको मेयर प्रेमलाल साह सहित पाँच जना घाइते भएका हुन् ।
हिंसक झड्पलाई नियन्त्रण गर्न गएका दुई जना बरिष्ठ प्रहरी हबलदार समेत घाइते भएको बताइएको छ ।
मेयर साहलाई गरुडा स्थित बेटर मल्टिस्पेसियालिटी अस्पतालमा भर्ना गरी उनको टाउकोमा १७ वटा टाँका लागेको हुँदा अवस्था गम्भीर मध्यम रहेको बताइएको छ ।
यसैगरी बरिष्ठ प्रहरी हवलदारद्वय जगदीश यादव र धनसुन्दर ठाकुर, स्थानीय बासिन्दा श्याम विनय साह र राम विकास साह घाइतेलाई सोही अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
घटनापछि प्रहरीले स्थिति नियन्त्रणमा लिन खोज्दा स्थानीय युवासँग धकेलाधकेल र झडप भएको बताइएको छ । हिंसक घटनामा संलग्न देवाही गोनाही ९ धरहरी टोलका ४० बर्षीय राधामोहन साह, ३५ बर्षीय विनोद साह र २२ बर्षीय रितिक साहलाई इलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिसकेको डिएसपी राजन कार्कीले जानकारी दिए ।