
जनकपुरधाम, १ भदौं । जनकपुरधाममा वकिलहरूद्वारा पत्रकारमाथि गरिएको आक्रमणको विरोधमा कारवाहीको माग गर्दै पत्रकारहरूले आइतबार जिल्ला प्रशासन कार्यालय (सिडिओ) धनुषा अगाडी धर्ना दिएका छन् ।
नेपाल पत्रकार महासंघ धनुषाको अगुवाईमा संचारकर्मीहरु “आक्रमणकारी वकिललाई कारबाही गर”, “प्रेस स्वतन्त्रताको रक्षा गर” र “पत्रकारलाई सुरक्षा देऊ” भन्ने नारा लेखिएका प्लेकार्ड सहित आज बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालयको मूल गेटमै धर्नामा बसेका हुन् ।
गत साउन २७ गते गुठी संस्थानबाट लिजमा लिएको जग्गा संरक्षण गर्ने क्रममा नेपाल बार एसोसिएसन जनकपुरका पदाधिकारी सहितका आक्रमणकारी शैलीमा प्रस्तुत भएका वकिलहरूले पत्रकारमाथि हिंसक आक्रमण गरेका थिए ।
उक्त हिंसक आक्रमणमा परेर नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, पत्रकार दिवाकर राय र अनिल निराला घाइते भएका थिए । घटनामा संलग्न पाँच वकिल विरुद्ध जाहेरी दिए पनि हालसम्म प्रहरीले पक्राउ नगरेको पत्रकार महासंघले प्रहरी माथि गम्भीर आरोप लगाएको छ ।
हिजो शनिबार बसेको पत्रकार भेलाले प्रहरी प्रशासनप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गर्ने निर्णय गर्दै आज देखि शान्तिपूर्ण रुपमा प्रदर्शन सुरु गरेका छ