मधेश प्रदेशमा सात वर्षकै उच्च राजस्व सङ्कलन

जनकपुर,०२ भदौ । मधेश प्रदेशले राजस्व सङ्कलनमा ऐतिहासिक सफलता हासिल गर्दै सात वर्षयताकै सबैभन्दा उच्च प्रगति गरेको छ।

प्रदेश अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८१र८२ मा पाँच अर्ब ५४ करोड ७२ लाख रुपैयाँभन्दा बढी राजस्व उठाइएको छ। यो रकम सात वर्षअघि ९२०७५र७६० सङ्कलन भएको दुई अर्ब ६६ करोड रुपैयाँभन्दा दोब्बरभन्दा बढी हो।

अर्थ मन्त्रालयका सचिव रामकुमार महतोले कर प्रशासन सुदृढीकरण, डिजिटल प्रणालीको विस्तार र आन्तरिक आर्थिक गतिविधिमा आएको वृद्धि यस उपलब्धिको मुख्य आधार भएको बताए। उनका अनुसार अघिल्लो वर्ष ९२०८०र८१० मा करिब तीन अर्ब ६ करोड मात्रै राजस्व सङ्कलन भएको थियो।

“राजस्व सङ्कलनमा आएको यो प्रगति महत्वपूर्ण छ, यसले अब प्रदेशले स्थिर लय समातेको देखाउँछ,” सचिव महतोले भने। उनले आगामी वर्षमा अझ बढी सुधार हुने विश्वास व्यक्त गर्दै प्रक्रियालाई अझ वैज्ञानिक र व्यवस्थित ढंगले अगाडि बढाइने बताए।