सुटकेश भित्र फेला परेकी महिलाको पहिचान खुल्यो

रौतहट, ८ भदौं । रौतहटमा सुटकेस भित्र मृत भेटिएकी महिलाको पहिचान खुल्यो । रौतहटमा सुटकेस भित्र मृत फेला परेको महिलाको सनाखत भएको छ।
आज बिहान जिल्लाको गौर(सिरसिया सडक खण्डमा सुटकेसभित्र मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको प्रहरीले जनाएको छ।
शनिवार राति साढे १० बजेको समयमा गौर–सिर्सिया–गंगापिपरा सडक खण्डमा सुटकेश भित्र मृत अवस्थामा भेटिएकी महिलाको पहिचान रुवीकुमारी साहको रुपमा खुलेका हुन् ।
माधवनारायण नगरपालिका–६ माधोपुर माइती भई हाल गौर नगरपालिका–२ महादेवपट्टीमा डेरा गरी बस्दै आएकी २६ वर्षीया रुबिकुमारी साह सडीको रुपमा सनाखत भएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी राजु कार्कीले जानकारी दिए ।
सुटकेस भित्र मृत फेला परेकी महिला भारत विहार राज्यको मुज्जफरपुर जिल्ला रक्साटोलका शिवसागर साहको श्रीमती रुबिदेवि साह रहेको उनका श्रीमानले सनाखत गरेपछि पहिचान खुलेको डिएसपी कार्कीले बताए ।
चार वर्षको छोरालाई पढाउनका निमित्त रुविकुमारी आफ्ना आमासँग केही वर्षदेखि गौर नगरपालिकाको महादेवपट्टिमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । प्रहरीका अनुसार हिजो व्युटिपार्लर जान्छु भनी डेराबाट निस्किएको तर साँझ ६ बजे देखि रूबिकुमारी सम्पर्क विहिन भएकी थिइन् ।
गए राति साढे १० बजेतिर गौर नगरपालिका –९ मुडवलवा मोड नजिक सडक किनारमा रसिले बाँधिएको सुटकेश भित्र मृत अवस्थामा रुबिकुमारीको शव फेला परेपछि रौतहटमा सुरक्षा व्यवस्था प्रति गम्भीर प्रश्न चिन्ह् खडा भएका छन् ।
रुवीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर राखिएको छ । घटना सम्बन्धमा प्रहरीले सुक्ष्म अनुसन्धान गरेको जनाइएको छ । कसैले हत्या गरेर रुबिकुमारीलाई सुटकेस भित्र हालेर सडकमा फालेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।
सुटकेश भित्र रहेकी रुवीको शवको प्रकृति हेर्दा नाकबाट रगत बगेको तर, उनको शरीरमा कुनै चोट नदेखिएको डिएसपी कार्कीले जानकारी दिए मृतकका श्रीमान सहितका परिवार प्रहरीको सम्पर्कमा आएर अनुन्धान कार्यमा सघाईरहेको बताइएको छ ।
स्मरणीय छ, रौतहटमा अपराधीहरु निर्भिक भएर अपराधलाई अन्जाम दिईरहेको पाइएका छन् । तिन दिन अघि गौरमा चाकु प्रहारबाट सहाबुद्दिन मियाको विभत्स हत्या गरिएका थिए । अपराधीहरु सलबलाईरहेका छन् तर सुरक्षामा तैनाथ जिम्मेवार निकायले सुइको समेत नपाउनुबाट अपराधको घटनामा श्रृंखलाबद्ध रुपमा वृद्धि हुदै जाँदा रौतहटबासी चिन्तीत बन्न थालेको छ ।