
गौर सिरसिया सडक किनारमा सुटकेसभित्र भेटिएको महिलाको श
रौतहट, ८ भदौं । रौतहटको गौर–गंगापिपरा सडक खण्ड अन्तर्गत पर्ने मुडवलवा मोड नजिक सुटकेशमा महिलाको शव फेला परेका छन् ।
गौर नगरपालिका ९ सिर्सिया अगाडी मुडबलवा मोड नजिक शनिवार राति १०.३० बजे तिर डोरीले बेरिएका सुटकेश स्थानीयहरुले देखेपछि प्रहरीलाई गरेका थिए । प्रहरीले उक्त सुटकेश खोलेर हेर्दा महिलाको शव फेला परेका हुन् ।
उक्त सुटकेश कसले त्यहाँ छाडेको हो, कहाँको महिला हो, किन मारेर त्यहाँ राखे सन्दर्भमा प्रहरीले अनुसन्धान सुरु गरेका छन् । घटनास्थललाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले घेरा हालेर मुचुल्का उठाउने काम गरिरहेको छ ।
स्मरणीय छ, रौतहटमा अपराधीहरु निर्भिक भएर अपराधलाई अन्जाम दिईरहेको पाइएका छन् । तिन दिन अघि गौरमा चाकु प्रहारबाट सहाबुद्दिन मियाको विभत्स हत्या गरिएका थिए । अपराधीहरु सलबलाईरहेका छन् तर सुरक्षामा तैनाथ जिम्मेवार निकायले सुइको समेत नपाउनुबाट अपराधको घटनामा श्रृंखलाबद्ध रुपमा वृद्धि हुदै जाँदा रौतहटबासी चिन्तीत बन्न थालेको छ ।