रौतहटमा वागमती नदीको कटान समस्या समाधानका लागी सिंचाई विभागका उपमहानिर्देशक सन्तोष कैनीसहितको टोली द्वारा स्थलगत अनुगमन

रौतहट । बागमती नदी नियन्त्रण र कटान समस्या समाधानका लागि स्थलगत निरीक्षण गरिएको छ । जलश्रोत तथा सिंचाई विभागका उपमहानिर्देशक सन्तोष कैनीसहितको टोली द्वारा बागमती नदी नियन्त्रण गरिएको छ ।

निरीक्षणको क्रममा रौतहटको प्रमुख जिल्ला अधिकारी प्र जि अ० विनोदकुमार खड्काले वागमती नदीले विगतमा रौतहटमा गरेको क्षतिको वारेमा निरीक्षणमा आउनु भएका उपमहानिर्देशक कैनी, जलश्रोत तथा सिंचाई विभागका सिडिई प्रेमनाथ लासिवा, जलश्रोत तथा सिंचाई व्यवस्थापन कार्यालय धनुषाका कार्यालय प्रमुख रविन्द्र शर्मासहितको टोलीलाई जानकारी गराउनु भएको थियो ।

बागमती नदीले रौतहटको पुर्वी पालिकाहरुलमा गर्दै आएको विनासले यहाँको किसानसहित नदी किनारमा रहेको बस्तीमा समेत अत्यधिक क्षति पुर्‍याउदै आएको जानकारी गराउनु भयो । यसपाली पर्याप्त वर्षा नभएकाले अहिले सम्म रौतहटमा ठूलो बाढी न आए पनि कटानको समस्या बढी रहेको उहाँले बताउनु भयो । हामी २४औँ घण्टा नदीहरुको अवस्थाकोबारेमा जानकारी लिएर आवश्यक तत्काल मर्मतलगायतका कामहरु स्थानिय तथा सुरक्षाकर्मीको सहयोगमा गर्दै आएको प्रजिअ खड्काले जानकारी दिनुभयो ।

नेपाल(भारतबीच हुन लागेको मन्त्रालयस्तरीय बैठकलाई लक्षित गरी गरिएको निरीक्षणको क्रममा प्रजिअ खड्काले बागमती नदीसंग जोडिएको रौतहटको गौर, राजदेवी, दुर्गा भगवती, माधवनारायण, गढीमाईलगायतका स्थानिय तह बढी जोखिम रहेको बताउदै नदीले कटान गरिरहेको स्थानमा नियन्त्रणका काम समेत द्रुत गतिमा हुने गरेको जानकारी गराउनु भयो ।

बागमती नदीको कहरले रौतहटबासीलाई कसरी सुरक्षित गर्ने र डुबानको समस्या कसरी समाधान गर्ने विषयमा समेत कुरा भएको जिल्ला प्रशासन कार्यालय रौतहटका नायब सुब्बा रामनरेश साहले हिमालय टाईम्सलाई जानकारी दिनुभयो ।

स्थलगत निरीक्षणमा विभागका टोलीसंगै रौतहटका सशस्त्र प्रहरी उपरीक्षक सन्तोषकुमार बस्नेत, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक राजु कार्कीलगायतको सहभागिता रहेको नायब सुब्बा साहले बताउनु भयो ।
◾ थप सामग्री स् जततउकस्ररभजष्mबबिथबतष्mभक।अयmरद्दण्द्दछरण्डरघठण्डटज्ञररुादअष्मि.क्ष्धमन्च्वअब्ःध्ल्लश्वदन्ल्चब्हथ्द्दथ्द्दख्द्धमन्द्धम्थ्ध्ख्तब्वभ्हब्ब्भ्भक्त्रीछप्च्ष्तएद्दद्दढम्दत्तण्प्mऋलक्ष्भ्ब्त्ष्ठि)हाथज्त्तहःजथ्टयअल्हमख्द्दच्भ्ःल्कठप्ढीःललक्ष्ग्)बझ)ग्भ्गम्छीबतग्यभ्ग्चख्ए)थ्टकअउब्