यमुनामाई गाउँपालिकामा व्याप्त रहेका बेथितीहरु विरुद्ध अध्यक्ष सीताराम यादवले आमरण अनसन गरे सुरु

रौतहट, ५ भदौं ।
१३ सूत्रीय मागहरु राख्दै वडाध्यक्ष सीताराम यादवले यमुनामाई गाउँ कार्यपालिकाको कार्यालय सरुअठा अगाडी आमरण अनसनमा ।                                                                                                     ( तस्वी तराई टप)

विभिन्न १३ सूत्रिय मागहरु राख्दै वडाध्यक्ष यादवले बुधवार राति ८ बजे देखि आमरण अनसन सुरु गरेका हुन् । यमुनामाई गाउँपालिकामा व्याप्त रहेका बेथितीहरु विरुद्ध वडा नम्वर २ का अध्यक्ष सीताराम यादवले आमरण अविभिन्न १३ सूत्रिय मागहरु राख्दै वडाध्यक्ष यादवले बुधवार राति ८ बजे देखि आमरण अनसन सुरु गरेका हुन् ।
गाउँपालिका अध्यक्ष महमद सउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामश्रेष्ठ यादव र लेखापाल श्रीनारायण झाको बदनियत पूर्ण कार्यशैलीका कारण यमुनामाई गाउँपालिकामा बेथितीको सीमा नाघिसकेको बताउदै आमरण अनसनमा बसेका वडाध्यक्ष अध्यक्ष यादवले पटक पटक २०७९–८० देखि लिएर गएको आर्थिक बर्ष सम्मको कागजातहरु माग गर्दा अटेरी गर्दै आइरहेको गम्भीर आरोप लगाए ।
तिनै जना मिलेर जनता संग प्रत्यक्ष सरोकार रहेका बिषयलाई ओझेलमा पारी चरम आर्थिक ब्रम्ह्लुटमा लिप्त रहेको, मनोमानी ढंगबाट कर्मचारी नियुक्त गरेको, कार्यालय जस्तो नभई आफनो निजी सम्पत्ती जस्तो व्यवहार गर्दै आएको हुँदा बाध्य भएर ३० गते ज्ञापन पत्रको माध्यमबाट जानकारी गराउदा समेत कुनै सुनवाई नगर्दा धर्ना प्रदर्शन हुँदै गएराति देखि आमरण अनसनमा बसेको यादवले भने ।
आमरण अनसनमा वडाध्यक्ष यादव मात्रै बसेका छन् । उनलाई गाउँसभामा निर्वाचित भएका सदस्यहरु मध्ये २१ जनाले साथ र समर्थन दिदा यादवको हौसला बढेर बेथिती विरुद्ध आरपारको संघर्ष सुरु गरेको बताए ।
गाउँपालिका अध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापाल समेतको मिलोमतोमा कानुन विपरित काम गरिरहेको र पार्दर्शीता, निष्पक्षता, मितव्यतिता, सुशासन समेतको ख्याल नगरी गाउँपालिकाबाट भईरहेका कामहरुबाट सर्वसाधारण जनताहरु निराशा हुँदै गएको उनले भने ।
१३ सूत्रिय मागहरु
–आर्थिक बर्ष २०७९ देखि ८२ सम्मको गाउँ सभाको निर्णय, कार्यपालका बैठकको माईनुट, रातोकिताव, सर्सत अनुदान, समपुरक, विशेष, स्वास्थ्य, शिक्षा, पुंजिगत राजस्व बाँडफाँड र आर्थिक सहयो वितरण लगायत सम्पूर्ण रहे भएका बजेट योजनाको कागजहरु र सबै खाताको बैंक स्टेटमेन्ट र लेखा परिक्षण प्रतिवेदनसमेतको प्रमाणित प्रतिलिपि ।
–यमुनामाई गाउँपालिकामा कार्यरत स्थायी, करार र दैनिक ज्यालादारीमा सबै तहका कर्मचारीहरुको नियुक्ति, समेतको प्रमाणीत प्रतिलिपि ।
–यमुनामाई गाउँपालिकामा अनलाईन टेण्डर, अनलाईन बैठक, र अनलाईन विडिङ्ग प्रणाली लागु गर ।
–यमुनामाई गाउँपालिका अन्तर्गत सम्पूर्ण विद्यालयमा अंग्रेजी माध्यमका शिक्षा प्रणाली लागु गर्नुपर्ने र शिषक समेतको व्यवस्था तत्काल गर्नुपर्ने ।
–यमुनामाई गाउँपालिकामा रहेको जिन्सी सामानहरुको विवरणको प्रतिलिपि र जे।सी।बी। स्कारपियो, मोटरसाइकल, साइकल समेतमा हाल सम्म के कति इन्धन खर्च भएको हो सोको मर्मत खर्च कागजात र जेसिबीको आम्दानीको समेत विवरणको प्रमाणीत प्रतिलिपि ।
–गाउँपालिका भरीमा प्रत्येक व्यक्तिलाई स्वास्थ्य बिमा गर्नुपर्ने ।
–१ देखि ५ वडा सम्म कृषि विद्युतिकरणको लागि पोल तार ट्रान्सफरमरको व्यवस्थापन तत्काल गर्नुपर्ने ।
–गाउँपालिका भरीमा घर वत्ती विद्युत महसुल फ्रि गर्नुपर्ने ।
–गाउँपालिका स्तरिय अस्पतालको स्थापना तत्काल गर्नुपर्ने ।
–सामाजिक सुरक्षा ९बृद्धा, विधुवा, बालपोषण, अपाङ्ग समेतको घर घरमा भत्ता पुर्याउने व्यवस्थापन गर्नुपर्ने ।
–स्थानीय तहका पदाधिकारी तथा सदस्यको पाउने सुविधा के कति पाएको हो र कानुन बमोजिमको सुविधा पाउनुपर्ने ।
– ९ औं गाउँ सभा अबैध तरिकाले गराएकोमा सो खारेज गरी ९ औं गाउँ सभा विधिवत रुपमा गर्नुपर्ने
–यस गापामा हाल सम्म क कसले टिए डिए बुझेका छन् र आर्थिक सहयोग क कसले पाएका छन् सोको प्रमाणित प्रतिलिपि पाऊँ ।