
गौर नगरपालिका क्षेत्र भित्र दिन दहाडै चाकु प्रहार गरेर युवकको हत्या
रौतहट, ४ भदौ । रौतहट सदरमुकाम गौर नगरपालिका क्षेत्र भित्र दिन दहाडै चाकु प्रहार गरेर युवकको हत्या गरिएका छन् ।
गौर नगरपालिका–५ बरहवा ताल पारी झुलुंगे पुल नजिकै बुधवार दिउसो ३.१५ बजेको समयमा चाँकु प्रहार गरेर करिव २० बर्षीय युवकको हत्या गरिएका हुन् । नाम खुल्न नसकेका युवकको हत्या गर्नेलाई रौतहट प्रहरीले तत्कालै नियन्त्रणमा लिन सफल भएको छ ।
ति युवकलाई चाकु प्रहार गरेर हत्या गर्ने गौर नगरपालिका–३ नन्दु रामका २० बर्षीय छोरा सनोज राम रहेको प्रहरी श्रोतबाट बुझिएको छ । रामलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी राजु कार्कीले बताए ।
घटना स्थलबाट वारदातमा प्रयोग भएका चाकु बरामद भएको समेत उनले जानकारी दिए ।
श्रोतका अनुसार मृतक र चाकु हान्ने राम दुबै जना बरहवा ताल पारी गएर लागु औषध गाँजा सेवन गरेपछि चाकु हानाहान हुँदा नाम थर वतन नखुलेका युवकको मृत्यु भएको छ भने चाकु प्रहार गर्नेको पनि हात काटिएको बुझिएका छन् ।