
श्याम गुप्ता
बारा, ४ भदौ । नारायणी स्टिल उद्योगमा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका–३२ स्थित नारायणी स्टिल उद्योगमा कार्यरत रहेका बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ का २२ वर्षीय उपेन्द्र चौधरी मृत्यु भएको हो ।
उद्योगको वेल्डिङ सेक्सनमा रात्रिकालीन सिफ्टमा कार्यरत रहेका चौधरीलाई करेन्ट लागेको दुई घण्टा पछि नारायणी अस्पताल पुर्याइएकोमा विहान ३ बजे चिकित्सकले मृत घोषित गरेको पर्सा जिल्लाका सूचना अधिकारी एवं डिएसपी किशोर लम्सालले जानकारी दिए ।
यता मृतकका आफन्तहरूले उद्योगमा मजदुरहरूका लागि सुरक्षित रूपमा काम गर्ने वातावरण नभएको आरोप लगाउदै सम्पूर्ण आरोप उद्योग माथि लगाए ।
मृतकको परिवारलाई भने उचित क्षतिपूर्ति र घटनाको छानबिन गर्नुपर्ने माँग त्यहाँका मजदुर संगठनले उठाएका छन् ।