
गौर र चन्द्रपुरमा कर्फयु जारी
रौतहट, २४ भदौं । जेन जी को सपोर्टमा प्रदर्शन उग्र हुँदै गएपछि सरकारी सम्पत्तीमा भईरहेका हानी नोक्सानीलाई मध्य नजर राख्दै जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा गौर र चन्द्रनिगाहपुरमा कर्फयु लगाइएको छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा जारी पत्रमा गौरमा १२ बजे देखि र चन्द्रनिगाहपुरमा ११.३० बजेको समय देखि कर्फयु लगाइएको जानकारी गराइएको हो ।
प्रमुख जिल्ला अधिकारी विनोकुमार खड्काद्वारा हस्ताक्षरित पत्रमा उत्तरमा गौरको विपी चोक देखि गौर बस पार्क सम्म, पूर्वमा गौर विपी चोक देखि बरहवा पुल पारी सम्म, दक्षिण गौर विपी चोक देखि गौर भन्सार कार्यालय सम्म र पश्चिममा गौर विपी चोक देखि टिकुलिया गाउँ सम्म कर्फयु लगाइएको छ ।
यसैगरी चन्द्रनिगाहपुरमा गौर चपुर चोक देखि गैडाटार जाने बाटोको पानी ट्यांकी भ्यूटावर सम्म, पूर्वमा गौर चपुर देखि चाँदी खोलाको पुल पारी सम्म, दक्षिणमा गौर चपुर चोक देखि घोडीदेवी मन्दीर सम्म र पश्चिममा गौर चपुर चोक देखि महेन्द्र राजमार्गको जिल्ला ट्राफिक कार्यालय सम्म कर्फयु लगाइएको जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा जारी पत्रमा उल्लेख गरिएका छन् ।
उक्त पत्रमा कर्फयु आदेश अवधी भरी अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शवबाहन, स्वास्थ्यकर्मीका सवारी साधन, संचारकर्मीहरु, पर्यटक सवारी साधनहरु, मानवअधिकार तथा कुटनीतिक नियोगका सभावरी साधनहरुलाई निर्वाध रुपमा आवागमन गर्न सुरक्षाकर्मीहरुबाट सहजीकरण गरिने समेत उल्लेख गरिएको छ ।