गौर कारागारबाट फरार भएका २९१ जना मध्ये ६४ जना नियन्त्रणमा

रौतहट, २५ भदौं । रौतहट सदरमुकाम गौरमा रहेका कारागारबाट मंगलवार राति फरार भएका कैदीबन्दीहरु मध्ये ६४ जनालाई संयुक्त सुरक्षा फौजले नियन्त्रणमा लिएका छन् ।
गौर कारागारमा विभिन्न अभियोगमा परेर २९१ जना कैदीबन्दीहरु रहेका थिए । उनीहरु गएराति करिव ११ बजेको समयमा कारागारको भित्ताहरु फुटाएर भाग्न सफल भएका हुन् । फरार भएकाहरु मध्ये ६४ जनालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा फौजले नियन्त्रणमा लिई कारागारमा राखिएको जानकारी प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले दिए ।
अन्य २५७ जना कैदीबन्दीहरुको खोजी कार्य संयुक्त सुरक्षा फौजले गरिरहेको बताउदै प्रजिअ खडकाले अहिलेको असहज परिस्थितिलाई सहज बनाउने कार्य भईरहेको हुँदा आम मानिसहरु तोकिएको समय भित्र घरमै बस्न समेत आग्रह गरे ।
श्रोतका अनुसार गौर कारागारबाट भागेका भारतीय कैदीबन्दीहरु मध्ये १० देखि १२ जना सम्मलाई नेपाल भारत सीमामा तैनाथ एसएसबीले नियन्त्रणमा लिएका छन् । अवस्था साम्य भएपछि उनीहरुलाई एसएसबीबाट जिम्मा लिएर कारागारमा पठाउने बुझिएको छ ।