
सर्लाही, ३ असोज । सर्लाहीको हरिपूर्वा नगरपालिका स्थित संग्राम्पुर बाँके सडक खण्डमा विहिवार साँझ मोटरसाइकलको ठक्करबाट ६८ बर्षीय पैदल यात्रीको मृत्यु भएको छ ।
हरिपूर्वा नगरपालिका–५ स्थित संग्राम्पुर–बाँके सडखण्डमा संग्राम्पुर तर्फ जाँदै गरेका बीआर ३० एई ८२२० नम्वरको मोटरसाइकलले हिजो साँझ पौने ७ बजेको समयमा ठक्कर दिदा स्थानीय ६८ बर्षीय पैदल यात्री गजेन्द्र साहलाई ठक्कर दिएका थिए ।
ठक्करबाट गम्भीर घाइते भएका वृद्ध साहलाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा पठाइए तर पौने ८ बजेको समयमा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवाले जनाए ।
वृद्ध साहलाई मोटरसाइकलले ठक्कर दिने पर्सा गाउँपालिका–५ का २४ बर्षीय श्रवनकुमार साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको तथा मृतक साहको प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टम पश्चात परिवारजनलाई सतगतका लाग शव जिम्मा लगाइएको सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिए ।