
रौतहटको वागमती नदी किनारमा शुक्रवार विहान एक पुरुषको शव फेला
रौतहट, ३ असोज । रौतहटको राजदेवी नगरपालिकाको गडहिया स्थित वागमती नदी किनारमा शुक्रवार विहान एक पुरुषको शव फेला परेका छन् ।
जिल्ला प्रहरीक ायाएलय रौतहटका अनुसार, राजदेवी नगरपालिका–४ गडहिया स्थित वागमती नदीको डुंगाबाट वारिपारी गर्ने घाँटमा आज विहान ९ बजेको समयमा अन्दाजी ४० बर्षीय पुरुषको शव स्थानीयले देखेपछि प्रहरीलाई खवर गरे ।
जिल्ला प्रहरी कार्यालय गौर र स्थानीय प्रहरी युनिटले वागमती नदीबाट पुरुष व्यक्तको शव बाहिर निकालेपनि शवको पहिचान खुल्न सकेको छैनन् । कालो रंगको भेष्ट र कालो रंगको टठयाक लगाएको उचाई ५ फिट ३ इन्च भएको तराई मुलको जस्तो देखिने पुरुषको शव रहेको सूचना अधिकारी एवं डिएसपी राजु कार्कीले बताए ।
उक्त शव पहिचान गर्ने व्यक्तिले प्रहरीको हटलाईन १०० मा तथा ९८५५०४०९९९ र ९८५५०९०३७४ मा फोन गरेर सम्पर्क गर्न सर्वसाधारणमा सुचना जारी गर्दै प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको डिएसपी कार्कीले भने ।