स्कुल बसको ठक्करबाट जयनगरमा दुई बर्षिय बालकको मृत्यु

रौतहट,  ५ मंसिर। गौर चन्द्रपुर सडक खण्डको जयनगरमा स्कुल बसको ठक्करबाट दुई बर्षिय बालकको मृत्यु भएको छ ।
रौतहटको गरुडा नगरपालिका- १ जयनगरमा शुक्रबार बिहान करिब सवा ८ बजेकाे समयमा जयनगरबाट मानपुरतर्फ जाँदै गरेको प्रदेश–३–००१ ख १७२६ नम्बरको ओम एकेडेमी स्कुलकाे बसले स्थानीय रंजन साहका २ वर्षका छोरा आदित्य कुमार साहलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
बसको ठक्करबाट बालकको घटना स्थलमै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय रौतहटको सुचना अधिकारी एवं डिएसपी विष्णुप्रदिप बस्यालले बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको बताए।
बालकलाई ठक्कर दिने बस इलाका प्रहरी कार्यालय गरुडामाकाे नियन्त्रणमा रहेकाे र घटनापछि फरार रहेको बस चालकलाई पक्राउ गर्नकाे लागि  खाेजी कार्य भई रहेकाे  जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ।