राजपुर नगरपालिकाको नवनिर्मित भवनको उदघाटन , शिलालेख उदघाटन गर्दै नगरप्रमुख

रौतहट, २९ मंसिर । रौतहटको राजपुर नगरपालिकाले आज सोमवार देखि आफनै प्रशाकसीय कार्यालय भवनबाट सेवा सुचारु भएका छन् ।
राजपुर नगरपालिकाको राजिक चोकमा नवनिर्माण सम्पन्न भएको नयाँ प्रशासकीय कार्यालय भवनलाई आज एक समारोहका बीच नगरप्रमुख डा. राजिक आलमले उदघाटन गरेपछि सेवा सूचारु भएका हुन् ।
समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख डा. आलमले नगरवासीको इच्छा, मेहनत एवं चाहना बमोजिम निर्धारित समयमै प्रशासकीय भवन निर्माण भई आज उदघाटन गर्न पाउदा निकै खुशी लागेको छ । सानो कोठाबाट अहिले सम्म जेनतेन सेवा प्रवाह गर्दै आइरहेको अवस्थामा आज देखि आफनै भवनबाट सेवा सुचारु भएको उनले स्पष्ट पारे ।
नगरको विकास, नगरमा शिक्षा, स्वास्थ्य, बाटोघाटो पहिलेको भन्दा धेरै सुधारोन्मुख हुँदै गएकोमा आउदो समयमा नगरवासीको यस्तै साथ र सहयोग भएमा राजपुरलाई नमूना नगरपालिकाको रुपमा बनाउने प्रतिबद्धता जनाए ।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले नयाँ प्रशासकीय भवनबाट सेवा सुचारु भएकोमा राजपुर नगरवासीलाई बधाई दिदै जनताको कामकाजमा कुनैपनि ढिलासुस्ति नगर्न सुझाव दिए । यहाँका जनताहरुलाई पायक पर्ने स्थानमा प्रशासकीय भवन बनेको हुँदा विगतमा हुने झन्झटिलोपना विस्तारै हराउदै जाने र राम्रो सेवा प्रवाह हुने समेत उनले अपेक्षा राखे ।
कार्यक्रममा उपनगरप्रमुख सहित निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर, नेपाल प्रहरीका एसपी रबिन कार्की, सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारी, राष्ट्रिय अनुसन्धानका उप निर्देशक कुमार बुढाथोकी, नेपाल पत्रकार महासंघका अध्यक्ष संजय कार्की, डा. कौशर आलम सहित १ देखि ९ सम्मका वडाध्यक्षहरु, जिल्ला समन्वय समितिका सदस्यहरु, नगरपालिकाको बोर्ड सदस्य एवं वडा सदस्यहरु लगायत विभिन्न क्षेत्रका व्यक्तित्वका साथै उल्लेख्य संख्यामा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।
साथै उदघाटन समारोहमा नगरप्रमुख, उप्रमुख, प्रजिअ, प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकायका प्रतिनिधिहरु, वडाध्यक्षहरु, निर्माण व्यवसायी, संचारकर्मी सहित विभिन्न क्षेत्रका व्यत्तित्वहरुलाई सम्मानित गरिएको राजपुर नगरपालिकाले जनाएको छ ।
५ करोड ७२ लाखको लागतमा नयाँ प्रशासकीय भवनको निर्माण कार्य सम्पन्न भएको राजपुर नगरपालिकाको लेखा अधिकृत मनोज कर्णले जानकारी दिए ।