
काठमाडौ, १६ पुस । नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरी विभिन्न जिल्लाका नेताहरू आम जनता पार्टी (आजपा) मा प्रवेश गर्नेहरुलाई पार्टी अध्यक्ष प्रभु साहले भव्य स्वागत गरेका छन् ।
संघिय राजधानी कोटेश्वरस्थित पार्टी कार्यालयमा बुधबार एमाले र नकपा छाडेर आएका नेताहरुलाई उनले भव्य स्वागत गरिएको जनाइएका हुन् ।
नेकपाका वैकल्पिक केन्द्रीय सदस्य रामएकबाल यादव (सिरहा), रौतहटको गरुडा नगरपालिका वडा नं. ६ का निर्वाचित वडाध्यक्ष एवं एमाले नेता रामबाबु प्रसाद चौधरी, नेकपा गोरखा जिल्ला सचिवालय सदस्य राजन विक तथा जिल्ला सदस्यहरू सुरेश सुर्खेती र राम सुर्खेती लगायतका नेतहरु रहेको बताइएको छ ।
आजपा अध्यक्ष साहले नवप्रवेशीहरूलाई टीका र माला लगाएर पार्टीमा हार्दिक स्वागत गरे । उनले क्षमता र योग्यता अनुसार पार्टीको जिम्मेवारी दिइने बताउँदै आगामी फागुन २१ मा हुने निर्वाचन केन्द्रित गतिविधिमा सक्रिय हुन निर्देशन दिए ।
नवप्रवेशी नेताहरूले आजपाको मुद्दा, नीति र विचारले मुलुक तथा नेपाली जनताको हितमा रहेको भन्दै त्यसैबाट प्रभावित भएर पार्टीमा जोडिएको प्रषित विज्ञप्तीमा भनिएको छ । उनीहरू पार्टीले दिने जिम्मेवारीलाई सशक्त रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।
आज बसेको केन्दीय समितिको बैठकले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन केन्द्रित छलफल गर्दै विभिन्न जिम्मेवारी तोकेको छ । यसैक्रममा १९ पुसमा काठमाडौँमा पार्टी निकट आम विद्यार्थी मोर्चाको उपत्यका भेला आयोजना गर्ने निर्णय भएको आजपा सचिवालय सदस्य बालकृष्ण सापकोटाले जानकारी दिए ।
बैठकले विभिन्न प्रदेशका बैठक तथा भेलाका लागि विशेष जिम्मेवारी पनि तोकेको छः
सुदूरपश्चिम प्रदेशः तिलक थापामगर र एलिजा गौतम
लुम्बिनी प्रदेशः त्रिभुवन साह अमर र विजय यादव
मधेस प्रदेशः उमेश कुशवाहा
बागमती प्रदेशः धनकुमारी देवी पण्डित रेग्मी
गण्डकी प्रदेशः भोजराज त्रिपाठी
कोशी प्रदेशः जुरीलाल मोची र खगेन्द्र भण्डारी