रौतहटको चन्द्रपुर नगरपालिका ४ स्थित एक बृद्धको मृत अवस्थामा शव फेला

रौतहट, १९ पुस । रौतहटको चन्द्रपुर नगरपालिका-४ स्थित एक बृढको मृत अवस्थामा शव फेला परेका फेला परेकाे छ ।
इलाका प्रहरी कार्यालय चन्द्रपुरका अनुसार, वडा नम्बर ४ पुर्व पश्चिम राजमार्ग भन्दा ३०/४० मिटर दक्षीण भित्री सडकमा आज विहान ७:४५ बजेक‍ो समयमा पुरुष व्यक्तिको मृत शव स्थानीयहरु देखेपछि प्रहरीलाई खबर आएको हो ।
प्रहरी निरीक्षक रुपेश झाको कमान्डमा खटिएका प्रहरी टोलीले घटनास्थलमा उक्त पुरुष व्यक्तिको अनुहारमा गम्भीर चोट लागेेको छ । अन्दाजी ६०/७० बर्षको थारु समुदायको व्यक्ति भएपनि अहिले सम्म सनाखत भएको छैन ।
प्रहरीले घटनास्थलमा मुचुल्का उठाउने कार्य तथा अनुसन्धान जारी रहेको इप्रका चन्द्रनिगाहपुरले जनाएको छ ।