स्यालको टोकाईबाट दुर्गा भगवतीमा पाँच जना घाईते

रौतहट, २५ पुस । रौतहटको दुर्गा भगवती गाउँपालिका मा गएराती स्यालको टुकाइबाट ५ जना मानिस घाइते भएका छन् ।
बिहीबार राति पैदल हिँडिरहेका मानिसहरू माथि एक्कासी बौलाएका स्यालले आक्रमण गर्दा ५ जना बाटो हिड्ने दुर्गा भगवती २ र ३ नम्बरका बासिन्दा घाईते भएका हुन ।
घाइते भएकाहरु आज शुक्रबार प्रादेशिक अस्पताल गौरमा एन्टि रेबिज भ्याक्सिनको लागि बुझिएको छ ।
दुई दिनअघि गढीमाई नगरपालिकामा बौलाहा कुकुरले टोकाईबाट ५० जना बालबालिका, वृद्ध वृद्धाहरु घाईते भएका थिए ।
चिसो मौसममा हुस्सु लागेेको अवस्थामा स्याल र कुकुर लगायतका जनाबरको आक्रमणबाट जोगिन सावधानी अपनाएर बाटो हिड्नु पर्ने देखिन्छ ।