
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई , भारतीय प्रधानमन्त्री मोदीले बधाई दिदै भनेः नेपाल–भारत बीच सम्बन्ध अझ प्रगाढ बनाउन तत्पर
नयाँ दिल्ली, १३ चैत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बलेन्द्र शाह (बालेन) लाई नेपालको नयाँ प्रधानमन्त्रीको रूपमा सपथ ग्रहण गरेकोमा बधाई दिएका छन् ।
मोदीले दुवै राष्ट्रको पारस्परिक हितका लागि नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन मिलेर काम गर्न तत्पर रहेको बताएका हन् ।
रयापरबाट राजनीतिज्ञ बनेका बालेन्द्र शाहले देशमा करिब ६ महिनाअघि केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्थ भएपछि, लोकतान्त्रिक रूपमा निर्वाचित प्रधानमन्त्रीको रूपमा सपथ ग्रहण गरे ।
मोदीको सन्देशमा के भनिएको छः
“नेपालका प्रधानमन्त्रीको रूपमा सपथ ग्रहण गरेकोमा श्री बालेन्द्र शाहलाई हार्दिक बधाई छ । तपाईंको नियुक्तिले नेपाली जनताले तपाईंको नेतृत्वमा देखाएको विश्वासलाई झल्काउँछ । नेपाल–भारत मित्रता र सहयोगलाई हाम्रा दुई जनताको पारस्परिक हितका लागि अझ उचाइमा पुर्याउन तपाईंसँग मिलेर काम गर्न तत्पर छु ।”
शीतल निवास स्थित राष्ट्रपति कार्यालयमा आज दिउँसो १२ः३४ बजे सम्पन्न समारोहमा ३५ वर्षीय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले सपथ ग्रहण गरेका थिए ।
इन्जिनियरिङको अध्ययन समेत गरेका प्रधानमन्त्रीको रुपमा शाह हिमालय राष्ट्रमा पद भार ग्रहण गर्ने सबैभन्दा कान्छो व्यक्ति र मधेस क्षेत्रबाट शीर्ष कार्यकारी पदमा बसेका पहिलो व्यक्ति हुन् ।
श्रोतः पीटीआई