
पूर्व उर्जा मन्त्री दीपक खड्का पक्राउः सम्पत्ति शुद्धीकरण काण्डमा सिआइबीको ठूलो एक्सन
रौतहट, १५ चैत । नेपाली काँग्रेसका नेता एवं पूर्व उर्जा मन्त्री दीपक खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
सम्पत्ती शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धानको क्रममा आज विहानै नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको हो ।
सिआइबीका प्रमुख मनोजकुमार केसीले सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धानका लागि खड्कालाई पक्राउ गरिएको पुष्टि गरे ।
यसअघि भदौ २४ गते प्रदर्शनकारीहरूले बूढानीलकण्ठ स्थित उनको घरमा आगजनी गरेका थिए । सो घटनापछि घरभित्रबाट लाखौं रुपैयाँ फेला परेको र पैसा उडाइएको भिडियो सार्वजनिक भएसँगै खड्कामाथि शंका बढेको थियो ।
उक्त घटनाको गहिरो अनुसन्धान अघि बढाउँदै सिआइबीले अन्ततः पूर्वमन्त्री खड्कालाई पक्राउ गरियो । यस प्रकरणले राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ भने थप खुलासाको अपेक्षा गरिएको छ ।