“आइजीपीका घुमुवा वरिष्ठ हबलदार महिन्द्र महतोको अवैध असुली, हवाइजहाज मार्फत असुली गर्न मधेश झर्छन”

रौतहट, ८ वैशाख । मधेश प्रदेशमा प्रहरी संगठनभित्र देखिएको विवादबीच अर्को गम्भीर आरोप सार्वजनिक भएको छ, जसले नेपाल प्रहरीको साख माथि थप प्रश्न उठाएको छ ।
स्रोतका अनुसार नेपाल प्रहरी प्रमुखका विश्वासपात्र मानिएका वरिष्ठ हबलदार महिन्द्र महतो काठमाडौं देखि मधेश प्रदेशसम्म अवैध कारोबारबाट रकम संकलन गर्ने विशेष जिम्मेवारीमा खटिएको दाबी गरिएको हो ।
उनी तत्कालिन प्रहरी संगठन प्रमुख दिपक थापाको समय देखि नै अवैध असुलीमा संलग्न रहेको आरोप लाग्दै आएको र नेतृत्व परिवर्तन भए पनि उनको भूमिकामा निरन्तरता रहेको बताइएको छ ।
श्रोतका अनुसार, महतोले गएको साउन देखि फागुन महिना सम्ममा काठमाडौं–जनकपुर लगायतका गन्तव्यमा बारम्बार हवाई यात्रा गरेका छन् । एक जना वरिष्ठ हबलदारले महिनाको अधिकांश समय हवाई यात्रा गर्नु र त्यसका लागि आवश्यक खर्चको स्रोत के हो भन्ने विषयले गम्भीर शंका जन्माएको छ । यसबारे पारदर्शी छानबिनको माग उठ्न थालेको छ ।
त्यस्तै, हबलदार महतोको मधेश प्रदेश प्रहरी प्रमुखसँग समेत निकट सम्बन्ध रहेको दाबी गर्दै स्रोतले महिनाको २० दिन काठमाडौं, जनकपुर र सिमरा क्षेत्रबीचमा ओहरदोहर गर्ने गरेको तथा सो हवाई यात्राको विवरण सार्वजनिक भए थप तथ्य बाहिर आउन सक्ने संकेत गरेको छ ।
नेपाल प्रहरीको “सत्य, सेवा, सुरक्षणम” भन्ने मूल मन्त्रलाई नै चुनौती दिने गरी यस्ता आरोपहरू विभिन्न ओहदामा कार्यरत रहेका कर्मचारी विरुद्ध सार्वजनिक भइरहदा पनि संगठनको विश्वसनीयता माथि प्रश्न उठ्नु स्वभाविकै हो ति श्रोतले बतायो ।
यदि यस्ता विषयहरुमा निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही अघि बढाइएन भने, यसले प्रहरी संगठनप्रतिको जनविश्वासमा गम्भीर असर पार्ने निश्चित देखिन्छ । स्मरण रहोस, जाबो बरिष्ठ हबलदार जस्ता पदमा कार्यरत रहेका व्यक्तिलाई महिनामा कतिपटक हवाइजहाजबाट काठमाडौं जनकपुर सम्म ओहरदोहर गर्न सकिन्छ ? काठमाडौंमा बसेर सामान्य परिवार पाल्न सकिन्छ ? उसको हैसियत कहाबाट आयो महिनाको २० दिन हवाइजहाजबाट जनकपुर आउन सकिन्छ यो एकदमै सोचनिय विषय हो ? यसैले गम्भीर भएर यथार्थ रुपमा एयरपोर्टबाट विवरण संकलन गरेर यस्तालाई कारवाही गर्नुपर्ने नितान्त आवश्यक रहेको ति श्रोतले बतायो ।