
कटहरिया बजारमा अपराधिक घटनामा वृद्धि, युवा ग्याङको शिकार बने ५० बर्षीय दिनानाथ साह
कटहरिया (रौतहट), ५ वैशाख । रौतहटको कटहरिया नगरपालिकामा अपराधिक घटनामा वृद्धि हुदै गएका छन् ।
पछिल्लो समयमा अपराधिक युवाहरुको ग्याङको शिकार बन्न पुग्यो एक ५० बर्षीय व्यक्ति जुन स्थानय एक विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई कुटपिट गरेर टाउको फुटाइदिएका हुन् ।
स्थानीय तथा धनलक्ष्मी प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनानाथ साह कलवार माथि शुक्रबार साँझ करिब साढे ७ बजेको समयमा कुटपिट गरिएको घटना सार्वजनिक भएपछि कटहरियामा अपराधिक ग्याङ उदाँगो हुँदै गएपनि स्थानीय प्रहरी नियन्त्रण गर्न नसकेको गम्भीर आरोप लागेका छन् ।
कलवार बजारबाट घर फर्किने क्रममा विवाह भवन अगाडि सामान्य भनाभन गरिरहेका युवाहरूलाई छुट्याउन जाँदा उनीमाथि अचानक सामुहिक आक्रमण भएको पीडितले बताए ्। आक्रमणमा उनको टाउकोमा गम्भीर चोट लागी ५ वटा टाँका लागेको तथा आँखामा समेत चोट लागेको प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाका चिकित्सक सन्तोष रौनियारले जानकारी दिए ।
घटनामा संलग्न रहेका आरोपमा कटहरिया–५ का २२ वर्षीय राधे भनिने आरएन अधिकारी र २० वर्षीय सतिश साहलाई पीडितले दिएको ठाडो उजुरीका आधारमा इप्रका कटहरियाका प्रहरीले पक्राउ परेको छ भने फरार रहेका अन्य दुई जनाको खोजी कार्य गरिरहेको बताइएको छ ।
सामान्य विवादपछि फोनमार्फत थप युवाहरू बोलाई समूह बनाएर आक्रमण गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
स्थानीयका अनुसार उक्त युवाग्याङ लामो समयदेखि गाँजा–रक्सी सेवन गर्ने, मोटरसाइकलको साइलेंसर खोलेर मोटरसाइकल चलाउँदै आतंक मच्चाउने, छुरा बोक्ने तथा सार्वजनिक रूपमा महिलामाथि दुव्र्यवहार गर्ने जस्ता गतिविधिमा संलग्न रहँदै आएको गम्भीर आरोप छ । उनीहरूको त्रासका कारण गाउँलेहरू खुलेर बोल्नसमेत डराउने अवस्था रहेको बताइन्छ ।
यसअघि पनि फागुन महिनामा कटहरिया–५ मा आयोजित एक विवाह समारोहमा आएका जन्तीमाथि कुटपिट गर्नुका साथै युवतीलाई उठाएर लैजाने धम्की दिएको आरोप उनीहरूमाथि लागेको थियो ।
ईलाका प्रहरी कार्यालय कटहरियाले घटनाको पुष्टि गर्दै पक्राउ परेकाहरूलाई थप कारबाहीका लागि गरुडा पठाइएको जनाए ।