पर्यटन विकास कार्यलय गाैर राैतहटको भौतिक काममा तीव्रता, प्रमुख जयसवालको सक्रियताको चौतर्फी प्रशंसा।

असार -१३ कटहरिया, रौतहट।
पर्यटन विकास कार्यलय गाैर राैतहटका प्रमुख वबिता जयसवालले जिम्मेवारी सम्हाले देखि जिल्लाको समग्र विकास निर्माण र कार्यालयको प्रशासनिक कामकाजले नयाँ गति लिएको छ। जिल्लाको चौतर्फी विकास र अधुरा आयोजनाहरूलाई समयमै सम्पन्न गराउन प्रमुख जयसवालले चाल्नुभएको कदम यतिबेला निकै प्रभावकारी प्रमाणनित भइरहेको छ।
​कार्यालय प्रमुख जयसवालआफैं अहोरात्र खटिएर जिल्लाको आवश्यकता र जनताको चाहना अनुसारका योजनाहरूलाई द्रुत गतिमा अगाडि बढाउनु भएको छ। उहाँको नेतृत्व र सक्रियताका कारण लामो समयदेखि सुस्त रहेका विकास निर्माणका कामहरूले अहिले निकै तीव्रता पाएका छन्।
​इस्टिमेट अनुसारकै काम गराउन हाकिम आफैं फिल्डमा निरीक्षण गर्दै विकास निर्माणका कार्यहरूमा गुणस्तर कायम राख्न प्रमुख जयसवालले विशेष ध्यान दिनुभएको छ। योजनाहरूमा कुनै पनि सम्झौता नहोस् र कार्यालयको प्राविधिक ‘इस्टिमेट’ अनुसार नै दुरुस्त काम होस् भन्नका लागि उहाँले इन्जिनियर र सुपरभाइजरहरूको विशेष टोलीलाई निरन्तर फिल्डमा खटाउनु भएको छ।
​प्राविधिक टोलीले प्रत्येक योजनाको स्थलगत अनुगमन गरी इस्टिमेट अनुसार काम भए/नभएको सुक्ष्म रूपमा हेरिरहेका छन्। प्रमुख जयसवालको यो कडा र पारदर्शी कार्यशैलीका कारण ठेकेदार तथा उपभोक्ता समितिहरू सजग भएका छन् भने कामको गुणस्तर पनि उत्कृष्ट देखिएको छ।

​कार्यालयको आन्तरिक व्यवस्थापन चुस्त दुरुस्त बनाउनुका साथै सेवाग्राहीका कामहरू बिना झन्झट छिटो-छरितो रूपमा सम्पन्न गर्ने परिपाटीको विकास प्रमुख जयसवालले गर्नुभएको छ। उहाँ आएपछि कार्यालयको छवि समेत सुध्रिएको स्थानीय सरोकारवालाहरू बताउँछन्।