
मदेश प्रदेशक मुख्यमन्त्री यादव र कांग्रेस महामन्त्री पौडेल धान रोपेर दिए किसान शुभकामना सन्देश
रौतहट, १५ असार ।
राष्ट्रिय धान दिवसको अवसरमा रौतहटको कटहरिया नगरपालिका–६ फतेपुरमाआयोजित विशेष कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव र नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, केन्द्रीय सदस्य प्रतिमा गौतम तथा ले खेतमै धान रोपेर दिवस मनाएका छन् ।
राष्ट्रिय किसान महासंघको आयोजनामा सम्पन्न कार्यक्रममा कांग्रेसका शीर्ष नेताहरू, प्रदेश सरकारका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, किसान तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेका थिए ।
धान रोपाई कार्यक्रममा केन्द्रीय सदस्यद्वय अन्जु झा र मधेश सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका नागेन्द्र साह, पूर्व अर्थ मत्रि एव जिल्ला अध्यक्ष सुनिलकुमार यादव सहितका नेताहरुको उपस्थिति रहेको थियो ।
धान रोपाइँमा सहभागी नेताहरूले किसानप्रति सम्मान व्यक्त गर्दै कृषि उत्पादन वृद्धि, किसानको मनोबल उच्च बनाउने र कृषि क्षेत्रलाई आधुनिक तथा उत्पादनमुखी बनाउन सबै पक्षले साझा पहल गर्नुपर्नेमा जोड दिए ।
उनीहरूले कृषि नेपालको अर्थतन्त्र र खाद्य सुरक्षाको आधार भएकाले किसानको हितलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए ।
आयोजकका अनुसार राष्ट्रिय धान दिवसका अवसरमा आयोजित यस कार्यक्रमले कृषि पेशाप्रति सम्मान, किसानप्रतिको ऐक्यबद्धता तथा कृषि उत्पादन बढाउने सामूहिक प्रतिबद्धताको सन्देश दिए ।