निजगढ नगरपालिकामा सामाजिक सुरक्षाभत्ता र परिचय पत्र वितरण
प्रकाश श्रेष्ट रौतहट। कार्तीक २६ गते
बाराको निजगढ नगरपालिकाले सामाजिक सुरक्षाभत्ता परिचय पत्र वितरण सुरु गरेको छ । निजगढ नगरपालिका अन्तर्गत सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुको परिचय पत्र वितरण कार्य सुरु भएको हो । निजगढ नगरपालिकाका प्रमुख सुरेश कुमार खनाल र उपप्रमुख लिलादेवी लामिछानेले परिचय पत्र वितरण शुभारम्भ गरेका छन् । बाराको निजगढ नगरपालिका वडा नं। ८ को वडा कार्यालयबाट सुरु गरिएको हो । शुभारम्भ कार्यक्रममा वडा अध्यक्ष टेकबहादुर लामा, कार्यपालिका सदस्य सरिता राई, वडा सचिव सुस्मा फुयाँल लगायतको उपस्थिति रहेको थियो ।