
रौतहट निर्वाचन क्षेत्र १ मा काँग्रेस उम्मेदवार अनिल कुमार झाको आज देखि घरदैलो अभियान शुभारम्भ
रौतहट, २७ माघ । फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारहरु मतदाताहरुको घर दैलोमा गएर भेटघाट एवं प्रतिबद्धता जनाउने अभियान अचेल तिब्र बनेका छन् ।
यसैक्रममा नेपाली काँग्रेसका उम्मेदवार अनिलकुमार झाले मंगलबार देखि दुर्गा भगवती गाउँपालिका– १, २, ३ बाट घरदैलो अभियानको औपचारिक सुरुआत गरेका हुन् ।
उम्मेदवार झासँगै प्रदेशसभा सदस्य नागेन्द्र प्रसाद साह, काँग्रेस क्षेत्रीय अध्यक्ष श्रीराम यादव, राजिव सिंह, पूर्व गाउँपालिका अध्यक्ष अरुण साह, नेपाली काँग्रेस दुर्गा भगवती गाउँपालिका अध्यक्ष आज्जयानन्द झा, श्यामचन्द्र झा लगायत दर्जनौ नेता तथा कार्यकर्ताहरू सहभागी भई मतदाताहरुको घर–घरमा पुगेर आशिष थाप्दै रुख छापमा मतदान गर्न आग्रह गरे ।

घरदैलोका क्रममा उम्मेदवार झाले गौर–पिपरा हुँदै समनपुर सडक कालोपत्रे गराउन आफूले खेलेको भूमिकाको स्मरण गराउँदै, अहिले उक्त बाटो बनेपछि आवागमन निकै सहज भएको बताए । उनले जेन जी पुस्ताको माग अनुसारको विकास योजनाहरू पूरा गर्न गराउन अवसर दिन मतदातासँग अपिल गर्दै चुनावी अभियानलाई थप तीव्र बनाए ।
काँग्रेसका नेता–कार्यकर्ताहरूले स्थायित्व, विकास र जनमुखी राजनीतिका एवं गगन थापाको नेतृत्वमा बन्ने सरकारको लागि अनिलकुमार झा उपयुक्त उम्मेदवार भएको दाबी गर्दै रौतहट–१ मा काँग्रेसको पक्षमा माहोल बन्दै गएको एवं मतदाताहरु उत्साहित भईरहेको नेपाली काँग्रेस मधेश प्रदेश प्रचार प्रसार डेष्कका संयोजक नितेशकुमार गुप्ताले बताए ।![]()
