मस्त निन्द्रामा रहेको बेला अमृतालाई गोली हानिएको थियो

रौतहट । रौतहटमा बुधबार राती फेरी एक युबतीको सुतिरहेको अबस्थामा हत्या भएको छ । जिल्लाको माधवनारायण नगरपालिका वाड नंं ७ लौकाहाकी १७ वर्षीया अमृत कुमारी साहको गोली हानी हत्या भएको हो । माधवनारायण नगरपालिका वडा नम्वर ७ लौकाहाका रामअयोध्या साहकी छोरी अमृता कुमारी साहको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ ।

माइतीघरमा सुतिरहेको बेला उनको दायाँ कन्चटमा गोली प्रहार भएको थियो । गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकी आमा सिता देवी साह राति घरको ढोका खोलेर शौचालयतर्फ गएको मौका छोप्दै अज्ञात व्यक्ति घरमा प्रवेश गरेर अमृताको टाउकोमा गोली प्रहार गरेको मृतककी आमा सिता देबीले जानकारी दिइन् । गोलीको आवाज सुनेर आफू शौचालयबाट निस्केर कोठामा जाँदा छोरी छटपटाएको देखेको र केहीबेरमै उनको मृत्यु भएको आमा सिता देवीले बताइन् ।

अमृताको २०७६ फागुन २५ गते सर्लाही विष्णुपुर गाउँपालिकाको मधुवनगोठका रुपेश साहसँग मागी बिहे भएको थियो । तर २०७७ साउन २५ गते रुपेश र अमृताबीच जिल्ला अदालत मलंगवाबाट सम्बन्ध विच्छेद भएको थियो । सम्बन्ध विच्छेद भएपछि उनी माइतीघरमा बस्दै आएकी थिइन् ।

गत वैशाख महिनामा उनका श्रीमान रुपेशमाथि धारिलो चक्कु प्रहार भएको थियो । अमृताको प्रेम प्रसंगका कारण हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनामा संलग्नको पहिचान भइसकेको र अनुसन्धान कार्य अगाडि बढेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठले बताए । यो घटना सहित पछिल्लो ३ महिनामा रौतहटमा ३ जना महिला सहित ५ जनाले हत्याको कारण ज्यान गुमाउनु परेको छ । राजाधानी दैनिक बाट…

error: Content is protected !!