चन्द्रपुर नगरपालिकाको मुख्या क्षेत्र तिन कुने चोकको अबस्था नाजुक बन्दै

रौतहटको चन्द्रपुर नगरपालिकाको मुख्या क्षेत्र तिन कुने चोकको अबस्था नाजुक बन्दै गएको छ । चन्द्रपुर नगरपालिकाको मुख्या चोक चन्द्रनिगाहपुरस्थित तिन कुने चोक भित्र हाल प्रबेश गर्न नसक्ने अबस्थामा रहेको छ ।

केही बर्ष पहिले रौतहटको चन्द्रनिगाहपुर चोक क्षेत्रमा जो केही आइपुग्दा तिन कुने चोक भित्र प्रबेश गर्दा छुट्टै शितलताको आभास हुने गरेको थियो तर हाल सो चोकभित्र प्रबेश गर्दा नाक थुनेर १ मिनेट समेत बस्न नसक्ने अबस्थामा रहेको स्थानिय सरोज गौतमले बताउनु भयो । सो चोकमा रहेको प्रतिक्षालयमा फोहोरले बस्न नसक्ने, झारपातले ढाकेर अशोभनीय रहेको, आराम गर्न बनाइएका पक्कि बेञ्चहरु बस्न नमिल्ने गरि फोहोरले ढाकिएको, धारा लथालिङ्ग अबस्थामा रहेको, डस्टविनहरु टुटेफुटेर यत्रतत्र अलपत्र अबस्थामा रहेको र आकर्षकको रुपमा रहेको पानीका फोहोरा समेत काम नै नलाग्ने गरि अलपत्र अबस्थामा रहेको पाइएको छ ।

चन्द्रनिगाहपुरलाई चिनाउने एक मात्र मुख्या भागमा रहेको चोकको अबस्था यस्तो रहेको भएतापनि यसको ब्यबस्थापनमा कसैको ध्यान जान नसकेको स्थानिय नागरिकको गुनासो रहेको छ । चन्द्रपुर नगर क्षेत्रमा विभिन्न संघसंस्थाहरुले विभिन्न समयमा चन्द्रनिगाहपुरमा सरसफाइका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको भएतापनि चोकको अबस्था हेर्न नसक्ने हुदा समेत उनीहरुको पनि ध्यान जान नसक्ेको स्थानिय नागरिकहरुले बताएका छन ।

चन्द्रपुर नगरपालिकाका जनप्रतिनिथि तथा कर्मचारीहरुले आफ्ना स्वार्थपुर्तिका लागी जनताका पैसा विनियोजन गर्दा सोही क्षेत्रमा प्रत्येक दिन निगरानी गरेजस्तो गर्ने र रकम नहुदा चन्द्रनिगाहपुरको मुख्या चोकको अबस्थाका बारेमा चासो नदेखाउनु अत्यन्त दुखदायी बिषय रहेको स्थानियको भनाइ रहेको छ । तत्काल सो चोकभित्र रहेका संरचनाहरुको ब्यबस्थापन गर्नुका साथै सरसफाइ गरि चन्द्रनिगाहपुरको शानलाई उच्च बनाइ राख्नेतर्फ सबैको ध्यान केन्द्रित हुनु पर्नेमा स्थानिय नेता बाबुराम दाहाल आग्रह गर्नु भयो ।

चन्द्रपुर नगरपालिकाले भने कोरोना भाइरसको संक्रमणले चन्द्रपुरका विभिन्न कार्यक्रमहरु प्रभावित बनेको र चन्द्रपुरको सौन्दर्यसँग जोडिएका बिषयमा तत्काल नै क्रियासिल रहने नगर प्रमुख रामचन्द्र चौधरीले बताउनु भयो ।

error: Content is protected !!