गौर नाका खोल्नुपर्ने माग राख्दै जसपाले जारी राखेको धर्नामा कांग्रेसको एक्यवद्धता

लामो समयदेखी बन्द रहेको नेपाल भारत सिमा नाका खोल्नुपर्ने माग गर्दै रौतहट स्थित गौर नाकामा केहि दिनदेखी जारी धर्ना कार्यक्रममा आज नेपाली कांग्रेस रौतहटले पनि एकयवद्धता जनाएको छ ।

नेपाली कांग्रेस रौतहटको जिल्ला सभापति कृष्ण प्रसाद यादवको नेतृत्वमा आज संविधान सभा सदस्य एवं नेपाली कांग्रेसका नेता सुनिल यादव उर्फ जितेन्द्र सहितका नेताहरुले गौर नाकामा गएर धर्ना कार्यक्रममा एकयवद्धता जनाएका छन ।

भारतसँगको सिमा नाका खोल्नुपर्ने माग राख्दै जारी धर्ना कार्यक्रममा सहभागि हुँदै संविधानसभा सदस्य एवं रौतहट क्षेत्र नं ३ का सांसदका प्रत्याक्षी सुनिल यादव उर्फ जितेन्द्रले सरकारले अब नाका नखोले ठुलो आन्दोलन हुने चेतावनी दिएका छन । सिमा नाका बन्द रहेका कारण छठ जस्तो पर्वमा पनि नेपालीहरु भारतिय बजारसम्म गएर पर्वमा चाहिने सामग्रि खिरिद गर्न नपाएको भन्दै नेता यादवले सरकारले जसरी पनि यथासिघ्र नाका खोल्नुपर्ने बताएका छन ।
केन्द्र सरकारले कोरोनाको बहानामा नाका बन्द गरेर सर्वसाधारण जनतालाई दुख दिने काम गरेको उनले बताए ।

अबको केहि दिन भित्रमा केन्द्र सरकारले नाका नखोले आफुहरु यो भन्दा पनि कडा आन्दोलन गर्ने नेता सुनिल यादव उर्फ जितेन्द्रले चेतावनी दिएका छन । रौतहटको प्रमुख नाकाको रुपमा रहेको गौर भन्सार नाकाबाट नेपाल–भारत आवतजावत गर्न दिन र पहिले जस्तै सीमा नाका सञ्चालन गर्न माग गर्दै धर्ना दिन शुरु गरेको धर्नामा सहभागि अर्का कांग्रेसका जिल्ला सभापति कृष्ण यादवले बताए ।

कोरोनाको कहर अब पहिला जस्तो नरहेपनि कोरोनाको बहानामा सरकारले लामो समयदेखी सिमा नाका बन्द गरेर सर्वसाधारणहरुलाई दुख दिने काम गरेको जिल्ला अध्यक्ष यादवले बताए ।
भारतसँगको सिमा नाका बन्द रहेका कारण चाडपर्वका बेला आवश्यक सामग्रि किनमेलका गर्न भारतीय बजारसम्म जान पाएको छैन । बजार, कलकारखाना, विद्यालय र यातायात सबै संचालन भइसक्दा पनि सीमा नाका बन्द गरेर राख्नु उचित नभएकोले जसरी पनि सिमा नाका खोल्नुपर्ने नेपाली कांग्रेस रौतहटले जोडदार माग गरेको छ ।

गौर भन्सार बन्द भए पनि रौतहटकै लक्ष्मीपुर बेलबिछवा र पश्चिममा महादेवपट्टीबाट आवागमन केही हदसम्म सञ्चालन भइरहेको छ । तर भारतीय सुरक्षाकर्मीले मुख्य नाकाबाटै आवतजावत गर्न भन्दै अन्य नाकामा स्थानीयलाई रोक्न थालेको छ ।

धर्ना कार्यक्रममा कांग्रेसका विद्यायक प्रत्याक्षी रामनारायण यादव, कटहरियाका वडा अध्यक्ष सर्फलाल गुप्ता लगाएत कांग्रेसका विभिन्न नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

error: Content is protected !!