नेकपा विवाद मिलाउने नाममा चिनियाँ हस्तक्षेप बढ्नु खतरा : कांग्रेस सहमहामन्त्री महत
नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सत्तारूढ दल नेकपा भित्रको विवादका नाममा विदेशी चलखेल बढेको बताएका छन्।
invotech
नेपाली कांग्रेस दाङले घोराहीस्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले नेकपा भित्रको आन्तरिक विवाद मिलाउने नाममा विदेशी शक्तिको चलखेल बढेको बताएका हुन्।
‘यो चिन्ताको विषय हो,’ नेता महतले भने, ‘त्यसले राष्ट्र र राष्ट्रियतालाई खतरामा पार्ने काम गर्न सक्छ।’
उनले नेकपाको विवाद मिलाउने नाममा चिनियाँ हस्तक्षेप बढ्नु चिन्ताको विषय भएको बताए।
sanimabidh labbrand
उनले भने,‘यस्तै अवस्थामा हुँदै जाने हो भने भोलि भारत र अमेरिकाले पनि चासो बढाए, नेपाल विदेशीहरूको अखडाको केन्द्र बन्ने खतरा रहन्छ।’
उनले विदेशी हस्तक्षेपविरूद्ध सबै नेपाली पार्टीभन्दा माथि उठेर विरोधमा उत्रनु पर्ने समय आएको तर्क गरे।
उनले नेकपाको सरकार प्रहरी, प्रशासन र संवैधानिक निकायलाई कब्जामा लिएर आगामी निर्वाचन पनि जित्ने दाउमा लागेको आरोप लगाए।
‘नेकपाको सरकार तीन वटै प्रमख अंगलाई आफ्नो नियन्त्रणमा लिएर आगामी निर्वाचन आफ्नो पक्षमा पार्ने खेलमा लागेको छ,’ सहमहामन्त्री महतले भने, ‘बहुमत प्राप्त नेकपाको सरकार नागरिकको सुरक्षामा खटिनु पर्ने बेलामा अनावश्यक खिचातानीमा फस्नु दुर्भाग्य हो।’
ncell in
सरकारले कोरोना महामारीको कारण देखाएर राज्य कोषको पुँजीमा ब्रह्मलुट मच्चाएको महतको आरोप थियो।
‘हालसम्म कोरोना रोकथाममा भएको काम निरर्थक रहेको छ,’ उनले भने, ‘प्रतिपक्षीले कोरोना रोकथामका लागि सुरूआती चरणमा सघााउने बताउँदा पनि सरकारले बेवास्ता गर्यो।’
नेपाली कांग्रेसले गठन गरेको कोरोना रोकथाम तथा यसको प्रभाव अनुगमन समिति संयोजक समेत रहेका नेता महतले देशभरका विभिन्न जिल्लामा कोरोना रोकथाम र उपचारमा भएका प्रयास र गर्नुपर्ने कामका बारेमा सरकारलाई सुझावसमेत दिएको बताए।
कोरोना नियन्त्रणका नाममा हालसम्म २० अर्ब रुपैयाँ खर्च भएको र त्यो खर्चको विवरण आधिकारिक पुष्ट्याई गर्न नसकेको उनले बताए।
सरकारले एकाएक संसद अधिवेशन बन्द गरेर त्यसैको लाभ लिइरहेको महतको भनाइ थियो।
फरक प्रसंगमा सहमहामन्त्री महतले नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी फागुनमा हुनै नसक्ने जिकिर गरे।
अहिलेको अवस्थामा पार्टी भित्रका सबैलाई सहमतिमा ल्याएर लैजाने पार्टी सभापति शेरबहादुर देउवाको सोचका कारण पनि निर्णय प्रक्रियामा ढिलाइ भएको उनको भनाइ थियो।
महाधिवेशन गर्नका लागि अहिले बढी विवादका रूपमा क्रियाशिल सदस्यता वितरणको काम रहेको बताए।