रौतहटके प्रेमपुर गोनाहीमा भयो आगलागीबाट ६ वटा घर पुर्ण रुपमा जलेर नष्ट, करिब १५ लाख मुल्यबराबरको क्षती, संविधानसभा सदस्य सुनिल यादवद्धारा आगलागी पिडितलाई गरियो सहयोग

रौतहटको देवाही गोनाही नगरपालिका वडा न. ७ प्रेमपुर गोनाहीमा आज आगलागी भएको छ।
आगलागीमा परि ६ वटा फुसका घर जलेर नष्ट भएका हुन। करिब १ बजेर ३५ मिनेटको समयमा बिधुत सर्ट भई भएको आगलागीमा स्थानीय राम कृत राम ,जागृत राम , जगत राम, रामप्रबेस राम,सुकाई पासवान, प्रमोध कुश्वाहा र सर्फलाल रामको फुसको घर जलेर खरानी भएको प्रहरीले जनाएको छ। आगलागी हुदा घर भित्र रहेका अन्नपात कपडालत्ता भडाबरतन गरि करिब १५ लाख मुल्यबराबरको क्षति भएको पिडितहरुले बताएका छन।

घरका कोही नहुदा अचाानक आगलागि भएको हर्दा स्थानियहरुले खबर गरेका थिए। आगोलाई स्थानीय र ईलका प्रहरी कार्यलय देवाही गोनाही बाट खटिएका प्रहरी निरिक्षक मेदनी प्रसाद साहको नेतृत्वको टोलीले हैण्ड पाईपमा जडान गरिएको मोटर तथा कृषिका लागि खेतमा जडान गरिएको दमकलको सहयोग बाट करिब ३५ मिनेटमा आगोलाई नियन्त्रणमा लिएको थियो ।
यसैविच प्रेमपुर गोनाहीमा भएको आगलागी पिडितहरुलाई संविधानसभा सदस्य तथा कांग्रेसका नेता सुनिल यादव उर्फ जितेन्द्रले खाद्यान सामग्रि सहित त्रिपाल र कम्बल वितरण गरेका छन ।
प्रत्येक आगलागी पिडित परिवारहरुलाई रौतहट क्षेत्र नं ३ का सांसदका उम्मेदवार समेत रहेका संविधान सभा सदस्य यादवले आज पिडितहरुको घरमै पुगेर चामल, दाल, तेल, नुन लगाएतका खाद्यान सामग्रि वितरण गर्नुका साथै त्रिपाल, कम्वल लगाएतकास सामान सहयोग गरेका छन ।
सो क्रममा नेता सुनिल यादव उर्फ जितेन्द्रले अचानक भएको आगलागीबाट आफु निकै दुखी भएको बताएका छन ।

साथै उनले आगलागी पिडितहरुलाई तत्काल आवास र राहतको व्यवस्था गर्न स्थानीय, प्रदेश र केन्द्र सरकारसँग माग गरेका छन ।
सो क्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य बाल्मीकी यादव, क्षेत्रिय उप सभापति प्रकाश श्रेष्ठ, कटहरिया नगरपालिका ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता, वडा नं ६ का अध्यक्ष शम्भु कान्त यादव, स्थानिय कांग्रेसका नेता राम अयोध्या यादव युवा नेता राम नरायण यादव लागएतका काग्रेसका बिभिन्न नेता कार्यकर्ताहरुको उपस्थिती रहेका थिए।

error: Content is protected !!