काठमाडौं-दिल्ली उडानका लागि भारतको सहमति, दुबै देशका सरकारी एयरलाइन्स उड्ने

नेपाल र भारतबीच ९ महिनापछि नियमित हवाई उडानको बाटो खुलेको छ । नेपाल सरकारले भारतको एयर ट्रान्सपोर्ट बबल स्किममा सहभागी हुने निर्णय गरेको थियो ।

नेपाल सरकारले नेपालको एक र भारतको एक वायुसेवा कम्पनीलाई उडानको अनुमति दिने निर्णय गरी सहमतिका लागि भारत सरकारसँग प्रस्ताव गरेको थियो ।

भारत सरकारबाट उक्त प्रस्ताव स्वीकार गरी एयर इन्डियालाई उडानका लागि तोकिएको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको छ ।

दूतावासका अनुसार नेपालबाट नपाल एयरलाइन्स र भारतबाट एयर इन्डियाले अब नियमित उडान गर्ने भएका छन् । यी एयरलाइन्सले कहिलेबाट उडान सुरु गर्ने भन्ने जिम्मा उनी स्वयम् एयरलाइन्सलाई दिइएको छ ।

अब नेपालबाट नेपाल एयरलाइन्सले दिल्लीका लागि एक उडान गर्नेछ । एयर इन्डियाले दिल्लीबाट काठमाडौंका लागि एक उडान गर्नेछ ।

यसरी यो रुटमा  दैनिक दुई उडान हुने गरी सहमति बनेको छ । भारतको उडान खुलेसँगै अब ९ महिनासम्म रोकिएका यात्रुले नियमित यात्रा गर्न सक्ने भएका छन् ।