
गौरमा रामजानकि मठको मेयर गुप्ताले गरे शिल्यानाश
रौतहटको गौरमा एक कार्यक्रमका बिच रामजानकी मठको मन्दिरको शिलान्यास गरिएको छ । गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले सोही नगरको वडा नम्बर ४ मा रहेको रामजानकी मठ मन्दिरको शिलान्यास गर्नु भएको हो । आज विहिबार हिन्दु परमपरा अनुसार पुजापाठ गरि नगर प्रमुख गुप्ताले, गौर नगरपालिकाको १६ लाख सहयोगमा रामजानको मन्दिर सिलान्यास गर्नु भएको हो । रामजानकी मन्दिर निर्माण उपभोक्ता समितिको आयोजनामा आयोजित शिलान्यास कार्यक्रममा नगर प्रमुख गुप्ता सहित वडा नं. ४ का वडा अध्यक्ष भुनेश्वर शाही ले सामुहिक रुपमा पुजापाठ गर्नु भएको छ । शिलान्यास कार्यक्रममा गौर नगरपालिका वडा अध्यक्षहरु, जनाप्रतिनिध, सञ्चारकर्मी तथा आम नागरिकहरुको सहभागीतामा सम्पन्न भएको छ