रौतहतमा फेरी एक ब्यक्तिको हत्या

रौतहटमा पछिल्लो समय हत्याका घटनाहरु बढ्दै जान थालेको छ । रौतहट प्रहरीले कडा निगरानी बढाएपछि हत्याका घटना हुने क्रम रोकिन सकेको छैन । शुक्रबार पुन रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १० बडेर्वामा अन्दाजी एक २८—३० बर्षिय मिथुन माझीको हत्या गरिएको छ ।

गएराती हत्या गरि फालिएको अबस्थामा बिहान माझीको मृत शव फेला परेको चन्द्रपुर १० का वडा अध्यक्ष जयराम चौधरीले बताउनु भयो । माझिको कुटपिटबाट मृत्यु हुन सक्ने प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपि हेम बहादुर शाहिले जानकारी दिनु भयो